Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वकपका सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न सकिने

विश्वकपका सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न सकिने


  • 1.9K
    Shares

    विश्वकपका सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न सकिने

    फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत सेमिफाइनल र फाइनल खेल निःशुल्क हेर्न सकिने भएकाे छ । विश्वकप फुटबलको भू-सतही, स्याटलाइट, डीटीएच, केबल, ब्रोडब्याण्ड एवं मोबाइल तथा अन्य विद्युतीय प्रसारणको एकाधिकार पाएको मिडिया हबले अबका बाँकी खेल निःशुल्क प्रसारण हुने जानकारी दिएकाे हाे ।

    मिडियाहबले उद्घाटन समाराेह, उद्घाटन खेल, सेमिफाइनल र फाइनलका खेल निःशुल्क रूपमा देखाउने गरी प्रसारण अधिकार लिएकाे थियाे । यसअघिका अन्य खेलहरु 'हिमालय प्रिमियम' च्यानल मार्फत देखाइएको थियो, जसका लागि सब्स्क्रिप्सन शुल्क ५६५ रुपैयाँ तोकिएको थियो । शुल्क नतिरेका ग्राहकहरू नेपाली च्यानलबाट विश्वकपको लाइभ हेर्नबाट वञ्चित भएका थिए ।

    मिडिया हबले मोबाइलबाट विश्वकप देखाउन ओटीटी प्लेटफर्मसँग सहकार्य गर्ने प्रयास गरेपनि ‘प्राविधिक कारण’ का कारण सफल हुन नसकेकाे जानकारी दिएकाे छ । त्यसैले नेपाली दर्शकका लागि 'हिमालय प्रिमियम' को विकल्प अरू थिएन । अबका बाँकी तीन खेल भने दर्शकले 'हिमालय एचडी' च्यानलबाट निःशुल्क हेर्न सक्नेछन् ।

    पहिलो सेमिफाइनलको खेल अर्जेन्टिना र क्रोएसियाबीच मंगलबार राति १२:४५ बजे र दोस्रो सेमिफाइन खेल फ्रान्स र मोरोक्कोबीच बुधबार राति १२:४५ मा हुँदै छ । यसैगरी फाइनल खेल १८ डिसेम्बर अर्थात् आउँदो आइतबार बेलुकी ८ः४५ मा हुनेछ ।

    प्रकाशित मिति :मंसिर २६ २०७९ सोमवार - १६:२०:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij