Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फिफा विश्वक: सेमिफाइनल पुग्न पोर्चुगल र मोरोक्को आमनेसामने हुने, कुन दिन कुन टोली भिड्दैछन्?

फिफा विश्वक: सेमिफाइनल पुग्न पोर्चुगल र मोरोक्को आमनेसामने हुने, कुन दिन कुन टोली भिड्दैछन्?


  • 2.1K
    Shares

    फिफा विश्वक: सेमिफाइनल पुग्न पोर्चुगल र मोरोक्को आमनेसामने हुने, कुन दिन कुन टोली भिड्दैछन्?

    फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको समीकरण पुरा भएको छ। कतारमा जारी विश्वकपमा सेमिफाइनलको यात्रा तय गर्न अब ८ टिम एकआपसमा भिड्नेछन्।

    क्वाटरफाइनलको पहिलो खेल क्रोएसिया र ब्राजिलबिच हुनेछ। मंसिर २३ गते राति ८:४५ बजे यी दुई टोली मैदानमा आमनेसामने हुनेछन्।

    मंसिर २३ गते नै नेदरल्यान्ड्स र अर्जेन्टिनाको खेल हुनेछ। राति १२:४५ मा नेदरल्यान्ड्स र अर्जेन्टिना भिड्नेछन्।

    मंसिर २४ गते मोरोक्को र पोर्चुगलबिच पहिलो खेल हुनेछ। राति ८:४५ बजे यो खेल हुनेछ। मंसिर २४ को राति १२: ४५ मा इंग्ल्यान्ड र फ्रान्स भिड्नेछन्।

    गएराति पोर्चुगलले स्वीट्जरल्याण्डमाथि ६-१ गोलको फराकिलो जित निकालेसँगै विश्वकपको क्वाटरफाइनलको समीकरण पुरा भएको हो।

    अन्तिम १६ मा ब्राजिल दक्षिण कोरियामाथि ४-१ गोलको जित निकाल्दै क्वाटरफाइनल प्रवेश गर्न सफल भएको थियो भने क्रोएसिया जापानलाई पेनाल्टी सुटआउटमा हराउन सफल भएको थियो।

    त्यस्तै नेदरल्याण्ड्सले युएसएलाई ३-१ गोलअन्तरले हराउँदा अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराएको थियो।

    त्यस्तै इङ्ग्ल्याण्डले सेनेगललाई ३-०, फ्रान्सले पोल्याण्डलाई ३-१ तथा पोर्चुगलले स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले हराउँदा मोरोक्कोले स्पेनलाई पेनाल्टी सुटआउटमा हराएको थियो।

     

    प्रकाशित मिति :मंसिर २१ २०७९ बुधवार - ११:०५:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij