२०८२ भाद्र २ गते सोमवार
कतारमा जारी विश्वकप फुटबलको समूह चरणका ४९ खेलका समग्र दर्शक संख्या २४ लाख ५० हजार रहेको फिफाले जनाएको छ । समूह चरणका दर्शकको संख्या सन् २०१८ को विश्वकपको समूह चरण हेर्ने दर्शकको तुलनामा धेरै हो। समूह चरणमा सबैभन्दा धेरै दर्शक उपस्थित भएको खेल अर्जेन्टिना र मेक्सिकोबीचको खेल थियो।
यो खेलमा ८८ हजार ९९६ दर्शक स्टेडियम पुगेका थिए। यो खेल फाइनल खेल हुने लुसेल स्टेडियममा भएको थियो। त्यस्तै कतारको मानिसहरु जम्मा भएर लाइभ खेल हेर्नको लागि बनाइएको फिफा फ्यान फेस्टिबल भ्रमण गर्नेको संख्या पनि १० लाखभन्दा धेरै थियो। फिफा फ्यान फेस्टिबल सन् २००६ मा जर्मनीमा भएको विश्वकपमा पहिलोपटक प्रयोग गरिएको थियो।
अहिलेसम्म विश्वकप हेर्न जानेमा सबैभन्दा धेरै दर्शक साउदी अरेबियाका छन्। साउदी अरेबियाका ७७ हजारभन्दा धेरै दर्शक कतार पुगेका छन्। त्यस्तै भारतबाट ५६ हजार ८९३ दर्शक कतार पुगेका छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij