Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फिफा विश्वकप २०२२: आजदेखि नकआउट चरणका खेल, कुन-कुन राष्ट्र भिड्दै ?

फिफा विश्वकप २०२२: आजदेखि नकआउट चरणका खेल, कुन-कुन राष्ट्र भिड्दै ?


  • 2.0K
    Shares

    फिफा विश्वकप २०२२: आजदेखि नकआउट चरणका खेल, कुन-कुन राष्ट्र भिड्दै ?

    कतार फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ ।

    खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ । जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो । 

    अर्को खेलमा पाँच पटकको च्याम्पियन ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ । खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ । ब्राजिल नेयमारको आगमनमा उच्च मनोबलमा छ । 

    एसियाली जायन्ट कोरिया समेत समूह चरणको लय नकआउट चरणमा देखाउने योजनामा छ । ब्राजिल समूह ‘जी’को विजेता र कोरिया समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो । 
     

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - ११:३०:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij