२०८२ भाद्र २ गते सोमवार
कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूहचरणका चार खेलहरू हुँदैछन्। जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई-दुई खेल हुनेछन्।
पहिलो दुई खेलमा समूह डीमा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ। यी खेलहरूबाट समूह डीबाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ। यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा पुगिसकेको छ।
दोस्रो दुई खेलमा समूह सीमा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ। यी खेलहरूबाट समूह ‘सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ।
अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगिसकेको छ र ट्युनिसिया विरुद्ध जित वा बराबरीले फ्रान्स समूह विजेता बन्नेछ ।
अष्ट्रेलिया र डेनमार्कले बराबरी खेलेमा फ्रान्स पराजित भए पनि समूह विजेता बन्नेछ । यदी फ्रान्स ट्युनिसियासँग पारजित भएमा र अष्ट्रेलियाले डेनमार्कलाई पराजित गरेमा दुवैको समान ६ अंक हुनेछ र गोलअन्तरका आधारमा समूह विजेता निर्धारण हुनेछ ।
दुई खेलबाट १ अंक मात्र जोडेको ट्युनिसियाको लागि भने अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्नका फ्रान्सलाई हराउनैपर्नेछ भने डेनमार्क र अष्ट्रेलियाको खेल बराबरी हुनुपर्नेछ ।
अर्को खेलमा डेनमार्कसँग खेल्ने अष्ट्रेलिया जित हात पारे अन्तिम १६ मा पुग्नेछ । अष्ट्रेलियाको दुई खेलबाट ३ अंक छ र यदी फ्रान्सले ट्युनिसियालाई हराएमा डेनमार्कसँग बराबरी खेल पनि अष्ट्रेलिया अन्तिम १६ मा पुग्नेछ । ट्युनिसिया समान १ अंक रहेको डेनमार्कको लागि भने अष्ट्रेलिया विरुद्धको खेल जित्नैपर्नेछ भने फ्रान्सले ट्युनिसिया विरुद्ध हार टार्नुपर्नेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij