Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फिफा विश्वकप: आज समूह 'जी' र 'एच'का चारवटा खेल, कुन-कुन टिम भिड्दैछन?

फिफा विश्वकप: आज समूह 'जी' र 'एच'का चारवटा खेल, कुन-कुन टिम भिड्दैछन?


  • 2.2K
    Shares

    फिफा विश्वकप: आज समूह 'जी' र 'एच'का चारवटा खेल, कुन-कुन टिम भिड्दैछन?

    फिफा विश्वकप अन्तर्गत आज चारवटा खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'जी' का क्यामरुन र सर्बिया भिड्दैछन्। अल जानोउब स्टेडियममा खेल पौने ४ बजे सुरु हुनेछ। समूहमा यसअघिको खेलमा दुबै टोलीले पराजय ब्यहोरेका थिए। क्यामरुनले स्वीजरल्याण्डसँग १-० गोलअन्तरले र सर्बियाले ब्राजिलसँग २-० गोलको पराजय ब्यहोरेको थियो।

    आज हुने दोस्रो खेलमा समूह 'एच'का दक्षिण कोरिया र घाना भिड्दै छन्। एजुकेसन सिटी स्टेडियममा खेल साँझ पौने ७ बजे सुरु हुनेछ। कोरिया आफ्नो पहिलो खेलमा उरुग्वेसँग गोलरहित बराबरीमा रोकिएको थियो भने घानाले पोर्चुगलसँग ३-२ गोलअन्तरले पराजय ब्यहोरेको थियो। यी दुई टोलीबीच हालसम्म ६ खेल भएको छ जसमा दुबै टोलीले समान ३ खेल जितेका थिए।

    तेस्रो खेलमा समूह 'जी'का ब्राजिल र स्वीजरल्याण्ड स्टेडियम ९७४ मा भिड्ने भिडने छन् । आफ्नो पहिलो खेलमा जित निकालेका यी दुबै टोली लगातार जित निकाल्दै नकआउट चरणको यात्रा सुनिश्चित गर्ने होडमा हुनेछन् । ब्राजिलले यसअघि सर्बियालाई २-० गोलअन्तरले हराएको थियो भने स्वीजरल्याण्डले क्यामरुनलाई १-० गोलअन्तरले हराएको थियो। समूहमा समान ३ अंक जोडेका ब्राजिल र स्वीजरल्याण्ड शीर्ष दुईमा छन् भने अंकविहीन क्यामरुन र सर्बिया तेस्रो र चौथो स्थानमा छन् ।

    ब्राजिलका स्टार स्ट्राइकर नेइमार आजको खेलमा चोटका कारण मैदानबाहिर हुने बताइएको छ। सर्बियासँगको खेलमा उनीमाथि पटकपटक फउल भएको थियो।

    'उनीहरुले खेलाडी विशेषमा केन्द्रीत रहे। त्यसको असर हो यो। यो रोकिनु पर्छ।' नेइमारमाथि भएको फउललाई लिएर ब्राजिलका प्रशिक्षक टिटेले भने।

    सन् २०१४ मा आफ्नो पहिलो विश्वकप पछि, नेयमारमाथि विश्वकपमा ५३ पटक फउल भएका छन्, यो अरु कुनै अन्य खेलाडीको तुलनामा कम्तिमा ११ ले बढी हो। टिटेले नेइमारले समूह चरणका अन्य खेल नखेल्ने भए पनि विश्वकपका अन्य खेल खेल्नेमा विश्वस्त भएको बताए।

    ब्राजिल र स्वीजरल्याण्ड यसअघि विश्वकपमा दुई पटक आमनेसामने भएका छन् जसमा दुबै खेलमा बराबरीको नतिजा आएको थियो।

    आज राति हुने चौथो खेलमा उरुग्वे र पोर्चुगल भिड्नेछन्। समूह 'एच' अन्तर्गतको यो खेल पौने १ बजे लुसइल स्टेडियममा हुनेछ। फिफा विश्वकपमा यी दुई टोलीबीचको यो दोस्रो खेल हो। यसअघि सन् २०१८ को विश्वकपमा पोर्चुगल उरुग्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।  

    पोर्चुगलले आफ्नो पहिलो खेलमा घानालाई ३-२ गोलअन्तरले हराएको थियो उरुग्वे दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो।

    प्रकाशित मिति :मंसिर १२ २०७९ सोमवार - १३:२९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij