Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

यि हुन कीर्गिस्तानका नयाँ प्रधानमन्त्री

यि हुन कीर्गिस्तानका नयाँ प्रधानमन्त्री


  • 6.9K
    Shares

    यि हुन कीर्गिस्तानका नयाँ प्रधानमन्त्री
    images

    किर्गिस्तानले बुधबार नयाँ प्रधानमन्त्री पाएको छ । कीर्गिस्तानमा ४१ वर्षे तन्नेरी प्रधानमन्त्री बनेका छन् । त्यहाँको संसदले उलुक्बेक मरिपोभलाई नयाँ प्रधानमन्त्रीमा चयन गरेको हो । 

    नवनिर्वाचित प्रधानमन्त्री मरिपोभ यसअघि एकाउन्टिङ चेम्बरको अध्यक्ष थिए । गत जनवरी २१ मा तत्कालीन प्रधानमन्त्री साडिर जापारोभले राजीनामा दिएपछि मरिपोभले अवसर पाएका हुन् । जापारोभ राष्ट्रपतिको निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका हुन् ।  

    मारिपोभ कीर्गिस्तानको ३३ औं प्रधानमन्त्री भएका छन् । कीर्गिस्तानले आगामी अगष्ट ३१ मा तीसौं स्वतन्त्रता दिवस मनाउँदै छ ।उक्त संसद् बैठकमा बोल्दै मरिपोभले नयाँ संरचना र कार्यक्रमहरुले सामाजिक तथा आर्थिक समस्या समाधान गर्ने विश्वास व्यक्त गरेका छन् । नयाँ संरचनाअनुसार त्यहाँ मन्त्रिपरिषद्को संख्या पनि घटाइएको छ । एकजना उपप्रधानमन्त्रीसहित १६ जना मन्त्री रहने छन् । 

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - ११:१६:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij