Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५४ हजार नाघ्यो

भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५४ हजार नाघ्यो


  • 7.1K
    Shares

    भारतमा कोभिड–१९ को कारण मृत्यु हुने व्यक्तिको संख्या १ लाख ५४ हजार नाघ्यो
    images

    कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५४ हजार ५९६ जना पुगेको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या मङ्गलबारसम्म एक करोड सात लाख ७७ हजारभन्दा बढी पुगेको छ ।

    विगत २४ घण्टाको अवधिमा भारतमा ११ हजार ३९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड सात लाख ७७ हजार २८४ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

    मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ६२ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ६० हजार ५७ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

    भारतमा गत जनवरी १६ देखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ ।  सो दिनदेखि हालसम्मल ४१  लाख भन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु रहेका जनाइएको छ । 
      भारतको राष्ट्रिय राजधानी दिल्लीमा आइतबार ११४ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र २ जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ८५८ को मृत्यु भइसकेको छ ।

    यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले आइतबारसम्म देशभर १९ करोड ८४ लाख ७३ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ ।  मङ्गलबार एकै दिनमा मात्र सात लाख २१ हजार भन्दा बढी व्यक्तिलाई कोभिड-१९ परीक्षण गरेको जनाइएको छ  ।  

    प्रकाशित मिति :माघ २१ २०७७ बुधवार - १३:०९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij