Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

कतार विश्वकप: आज तीन खेल हुँदै, इंग्ल्याण्ड र इरानबीच रोचक प्रतिस्पर्धा, को बलियो?

कतार विश्वकप: आज तीन खेल हुँदै, इंग्ल्याण्ड र इरानबीच रोचक प्रतिस्पर्धा, को बलियो?


  • 2.0K
    Shares

    कतार विश्वकप: आज तीन खेल हुँदै, इंग्ल्याण्ड र इरानबीच रोचक प्रतिस्पर्धा, को बलियो?
    images

    २२औं संस्करणको कतार विश्वकपमा आज (सोमबार) एकैदिन तीन खेल हुँदैछन्। दोस्रो दिनको पहिलो खेलमा समूह ‘बी’ का इंग्ल्याण्ड र इरान आमनेसामने हुँदैछन्।

    नेपाली समयअनुसार यी दुई देशबीचको खेल बेलुका ६:४५ मा दोहास्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ। युरोकपको फाइनलिस्ट इंग्ल्याण्ड इरानमाथि जित निकाल्दै सुखद सुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रने छ।

    स्टार खेलाडीले भरिएको इंग्ल्याण्ड तुलनात्मक रुपमा कमजोर मानिएको इरानमाथि हाबी हुने आकलन गरिएको छ। त्यसैगरी राति ९:४५ मा समूह  ‘ए’ का नेदरल्याण्ड र सेनेगल आमनेसामने हुनेछन्।

    अल थुमामा रंगाशालामा यी दुईको खेल हुनेछ। सेनेगल अफ्रिकन कप अफ नेसन्स विजेता हो। सेनेगलका मुख्य फरवार्ड साडिओ मानेले चोटका कारण खेल गुमाएका छन्।

    तीन पटकसम्म विश्वकपको फाइनल पुगेर पनि उपविजेतामै सिमित रहेको नेदरल्याण्ड यो पटक प्रतिभावान खेलाडीले भरिभराउ छ्। 

    जसकारण यी दुई टिमबीचको खेल निकै प्रतिस्पर्धा हुने देखिन्छ। यही समूहमा रहेको इक्वेडरले आयोजक राष्ट्र कतारलाई २–० गोल अन्तरले हराउँदै आफ्नो समूहको शीर्ष स्थानमा चढेको छ।
     
    तेस्रो खेल आज राति १२:४५ बजे समूह ‘बी’ का दुई देश युनाइटेड नेसन्स अमेरिका र वेल्सबीच हुनेछ। यी दुईबीचको खेल अहमद बिन अली रंगशालामा हुनेछ। ग्यारेथ बेलको कप्तानीमा वेल्स अमेरिकाविरुद्ध मैदानमा उत्रदै छ।

    प्रकाशित मिति :मंसिर ५ २०७९ सोमवार - ११:१९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij