२०८२ माघ ८ गते बिहिवार
कीर्तिपुरको त्रिवी क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तम खेल आज हुँदैछ। त्रिवी त्रिकेट मैदानमा हुने अन्तिम खेलमा दुवै टिम जितको लागि खेल्नेछन्।
यसअघिका खेलमा दुवै टिमले एकएक जित निकालेर बराबरी गरिसकेका छन्। पहिलो खेलम युएईले ८४ रनको जित निकालेको थियो भने दोस्रो खेलमा नेपालले तीन विकेटको जित निकालेको थियो।
यसकारण आज हुने अन्तिम खेलमा निकै प्रतिस्पर्धात्म हुनेछ। यता यूएईले भने भर्खंरै टी १० विश्वकपके खेलेर आएको छ। त्यो विश्वकपक खेलेका धेरै खेलाडी यो टुरमा रहेका छन्। केही नयाँ खेलाडीले पनि मौका पाएका छन्।
प्रतियोगितामा युवा खेलाडी आयान खानले पहिलो खेलमा निकै उत्कृष्ट प्रदर्शन गरेका थिए। दोस्रो खेलमा नेपाली खेलाडी आरिफ शेख र गुल्सन झाले राम्रो प्रदर्शन गर्दै नेपाललाई जितसम्म पुर्याएका थिए।
यो सिरिजबाट नेपालले नयाँ कप्तान पाएका छन्। फौजरारी मुद्दामा यसअघिका कप्तान सन्दिप लामिछाने जेलमा रहेका कारण नेपाली टिमको कप्तानी रोहित पौडेलले गरिरहेका छन्। खेल कीर्तिपुर मैदानमा ९ बजेबाट सुरु हुनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij