२०८२ फाल्गुण २२ गते शुक्रवार
ट्वीटरका मालिक एलन मस्कले ट्वीटरमा काम गर्ने वा छोड्ने निर्णय लिन सबै कर्मचारीलाई बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
त्यस अवधिभित्र मस्कको योजनाअनुसार काम गर्न तयार रहे नरहेकोबारे कर्मचारीहरूले निर्णय लिनुपर्ने न्युयोर्क टाइम्सले जनाएको छ। बुधबार इमेलमार्फत मस्कले निर्णय लिन सूचित गरेका हुन्।
‘ट्वीटर अहिले निकै कठिन र चुनौतीपूर्ण मुडमा छ। ट्वीटरलाई उन्नत बनाउन सहयोग नगर्ने मनस्थिति बनेको भए खबर गर्नु। तीन महिनाको सेवा सुविधा दिएर बिदा गरिनेछ,’ मस्कले पठाएको इमेल उद्दृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ।
४४ अर्ब डलर खर्चेर ट्वीटर किनेसँगै मस्कले नयाँ-नयाँ प्रस्ताव अघि सार्दै आएका छन्। ट्वीटर खरिदसँगै उनले ७ हजार ५ सय कर्मचारी कटौती गर्ने बताएका थिए। उनले ३ हजार ७ सय कर्मचारीलाई बिदा गरिसकेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij