Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

पोल्यान्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु

पोल्यान्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु


  • 1.8K
    Shares

    पोल्यान्डमा क्षेप्यास्त्र खस्दा दुई जनाको मृत्यु
    images

    पोल्यान्डमा क्षेप्यास्त्र आक्रमणमा परि २ जनाको मृत्यु भएको छ। युक्रेनसँग सीमा जोडिएको पूर्वी क्षेत्रस्थित प्रेजवाडो गाउँमा अन्नबाली सुकाइरहेका गाउँलेमाथि बुधबार बिहानै क्षेप्यास्त्र आक्रमण भएको संचारमाध्यम एपीले जनाएको छ।

    रुसले भने आफूले आक्रमण नगराएको दाबी गरेको छ। घटना क्रमलाई थप उत्तेजित बनाउने प्रयासका लागि यो आक्रमण गराइएको रुसको भनाइ छ।

    पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुडाले पनि क्षेप्यास्त्र कसले प्रहार गरेको यकिन नभएको बताएका छन्। “हामीले संयम हुने प्रयास गरिरहेका छौँ। तर, यो कठिन समय हो,” उनले भने। घटनाबारे अनुसन्धान अघि बढेको पोलिस प्रहरीले जनाएको छ।

    पोल्यान्डको अनुसन्धानमा आफ्नो पूर्ण समर्थन रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाइ छ। बाइडनले पनि रुसबाट सो क्षेप्यास्त्र प्रहार नभएको हुन सक्ने बताएका छन्। अमेरिकी अधिकारीहरूको प्रारम्भिक अध्ययनअनुसार रुसबाट आएको क्षेप्यास्त्र रोक्ने क्रममा युक्रेनले सो क्षेप्यास्त्र प्रहार गरेको हुन सक्ने देखिएको छ। तर, यकिन छैन।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन्। इन्डोनेसियाको बालीमा उत्तर एटलान्टिक सन्धि नेटोका सदस्य राष्ट्रहरूको आकस्मिक बैठक बसेको छ। नेटोले पोल्यान्डको घटनालाई दुखद् भनेको छ। बैठकमा अमेरिकी राष्ट्रपति बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लियन सहभागी थिए। 

    यस्तै, राष्ट्रसंघीय सुरक्षा परिषद्ले समेत युक्रेनको अवस्थाबारे छलफलका लागि बुधबार नै बैठक गर्ने तयारी गरेको एपी न्यूजले जनाएको छ। रुसले जानाजान पोल्यान्डमा आक्रमण गराएको भए त्यसले ३० सदस्य राष्ट्र भएको नेटोलाई तनाव पुर्‍याउने जोखिम बढाएको एपीले उल्लेख गरेको छ।

    रुसले मंगलबार युक्रेनमा अहिलेसम्मकै धेरै क्षेप्यास्त्र आक्रमण गरेको थियो। त्यसैले पनि बुधबारको आक्रमण पनि उसले नै गराएको आशंका गरिएको थियो। रुसले मंगलबार युक्रेनको राजधानी किभसहित थुप्रै शहरमा श्रृंखलाबद्ध आक्रमण गरेको थियो। जसमा एक जनाको मृत्यु भएको थियो।

    प्रकाशित मिति :कार्तिक ३० २०७९ बुधवार - १६:५३:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij