Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

पहिलो एकदिवसीयमा यूएइले दियो नेपाललाई २६४ रनको लक्ष्य

पहिलो एकदिवसीयमा यूएइले दियो नेपाललाई २६४ रनको लक्ष्य


  • 2.5K
    Shares

    पहिलो एकदिवसीयमा यूएइले दियो नेपाललाई २६४ रनको लक्ष्य

    युएईले नेपाललाई २६४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रन बनाएको हो ।

    युएईका लागि रोहन मुस्ताफाले सर्वाधिक ५३ रन बनाए। सोमपाल कामीको बलमा आशिफ शेखबाट क्याच आउट हुनुअघि उनले ७३ बलमा ७ चौका प्रहार गरे।

    उत्कृष्ट सुरूआत गरेको युएईले पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र भित्या अर्बिन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गरेका थिए । गुल्सन झाबाट बोल्ड हुनु अघि मोहम्द वासिमले ४४ रन बनाए। उनले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए।

    भ्रितिया अर्बिन्दले ८२ बलमा ६ चौकासहित ४० रन बनाए । कप्तान सिपी रिजवानले २ रन बनाए। आलिसान सराफूले २ चौका प्रहारसहित ३९ बलमा २९ रन बनाए । बसिल अहमद १४ रन बनाउँदा आयल अफजाल खानले २६ रन बनाए । अहमद राजा २७ रनमा नटआउट भए ।

    नेपालका लागि गुल्सन झाले २ विकेट लिँदा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले १-१ विकेट लिए ।

    प्रकाशित मिति :कार्तिक २८ २०७९ सोमवार - १३:१६:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij