Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

पाकिस्तानले हारेपछि बिहार र कश्मीरका विद्यार्थीबीच झडप

पाकिस्तानले हारेपछि बिहार र कश्मीरका विद्यार्थीबीच झडप


  • 2.1K
    Shares

    पाकिस्तानले हारेपछि बिहार र कश्मीरका विद्यार्थीबीच झडप
    images

    आईसीसी टी–२० विश्वकपको फाइनल खेल हेर्ने क्रममा पञ्जाबको मोगास्थित एक कलेजमा विद्यार्थीका दुई समूहबीच झडप भएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार पाकिस्तान र इङ्ल्यान्डबीच भएको फाइनलमा इङ्ल्यान्डको जितपछि बिहार र कश्मीरका विद्यार्थीहरूको आपसमा भिडन्त भएको प्रहरी अधिकारीहरूले बताएका छन्। केही विद्यार्थीलाई सामान्य चोट लागेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

    पीटीआईका अनुसार मोगाको निजी इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट कलेजका विद्यार्थीहरु सँगै बसेर खेल हेरिरहेका थिए । खेलमा पाकिस्तानको हारपछि बिहार र कश्मीरका विद्यार्थीहरूबीच बहस भएको थियो ।

    केहीबेरमा झगडा कुटाकुटमा पुगेपछि दुवै समूहले एकअर्कालाई ढुंगा र इँटा प्रहार गरेको प्रहरीले जनाएको छ । अहिले कलेज प्रहरीको निगरानीमा रहेको र सम्पूर्ण घटनाको अनुसन्धान भइरहेको छ ।

    विद्यार्थीबीच झडपका धेरै भिडियो भाइरल भएका छन् । जसमा विद्यार्थीले एकअर्कालाई इँटा र ढुंगा हानेको देख्न सकिन्छ ।

    स्थानीय पुलिस स्टेशनका एसएचओ जसविंदर सिंहले एएनआईलाई भने, “लाला लाजपत राय कलेजमा विद्यार्थीहरूको दुई समूहबीच झडप भएको छ। दुवै समूहले एकअर्कामाथि ढुंगामुढा गरेका थिए । त्यहाँ कुनै नाराबाजीको रिपोर्ट छैन। ”

     

    प्रकाशित मिति :कार्तिक २८ २०७९ सोमवार - ११:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij