२०८२ कार्तिक १५ गते शनिवार
अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच सोमबार उच्चस्तरीय वार्ता हुने भएकाे छ ।
मध्यावधि चुनावमा बाइडेनको डेमोक्र्याटिक पार्टीले अप्रत्याशित सफलता हासिल गरेकाे छ । वार्तामा बेइजिङसँग अमेरिकाको तनावपूर्ण सम्बन्ध सुधारको प्रयास गरिने बाइडेनले बताएका छन् । इन्डोनेसियामा जी–२० शिखर सम्मेलनको बैठकमा बलियो भएर सहभागी हुने उनले बताए ।
अमेरिका र चीनबीच व्यापारदेखि मानव अधिकार र ताइवानको स्वशासित टापुको अवस्थालाई लिएर विवाद छ । तर, बाइडेनले सीसँग स्पष्ट वार्ताको अपेक्षा गरेको बताइएकाे छ ।
बाइडेनले उत्तर कोरियामा लगाम लगाउन आफ्नो प्रभाव प्रयोग गर्न चीनलाई दबाब दिने ह्वाइट हाउसका अधिकारीले बताएका छन् । क्षेप्यास्त्र परीक्षणको रेकर्ड–ब्रेक गरेपछि उत्तर कोरियाले छिट्टै आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij