Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

विश्वकपको माहोल विश्वभर बन्दै: विजेताले पाउनेछन् साढे ५ अर्ब, कुन विश्वकप विजेताले कति पाए रकम ?

विश्वकपको माहोल विश्वभर बन्दै: विजेताले पाउनेछन् साढे ५ अर्ब, कुन विश्वकप विजेताले कति पाए रकम ?


  • 2.1K
    Shares

    विश्वकपको माहोल विश्वभर बन्दै: विजेताले पाउनेछन् साढे ५ अर्ब, कुन विश्वकप विजेताले कति पाए रकम ?

    अर्को साता (नोभेम्बर २०)देखि कतारमा सुरु हुने विश्वकपको माहोल विश्वभर बन्दैछ । विश्वको उत्कृष्ट ३२ टिमहरु अहिले कतारमा हुने फिफा विश्वकप फुटबलको अन्तिम तयारीमा जुटेका छन् । छनोट भएका टिमहरु आफ्नो टोली घोषणामा व्यस्त छन् ।

    फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप फुटबल विश्वकै ठूलो खेल मेलामा पर्छ । यसले सारा विश्वको ध्यान खिचिरहेको हुन्छ ।

    एक महिनासम्म चल्ने विश्वकपको उपाधि कसले जित्ला भन्ने धेरैको चासो छ । विश्वकपमा आयोजकको हैसियतमा डेब्यू गर्न लागेको कतार र छनोट भएर आएका ३१ राष्ट्रहरु विश्वकप ट्रफी जित्न नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म प्रतिस्पर्धामा उत्रनेछन् ।

    अन्तिममा ३२ मध्ये एक टिम मात्र विजेता हुनेछ । विश्वकपको विजेतासँगै विश्वकप खेल्ने सबै टिमले पनि नगद पुरस्कार पाउनेछन् ।

    विश्वकप विजेताले फिफा विश्वकप ट्रफी पाउनेछन् । जसको मूल्य २० मिलयन अमेरिकन डलर बराबरको भएको बताइएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो छ भने ६.१ किलोग्राम तौलको छ । यद्यपी विश्वकप जसले जिते पनि सक्कली ट्रफी लैजान भने पाउँदैनन् ।

    विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पाउनेछन् । विश्वकप विजेताले पाउने रकम आश्चर्यजनक छ । र, हरेक संस्करणमा विजेताले पाउने रकममा वृद्धि हुँदै आइरहेको छ ।

    कतारमा हुने विश्वकपको विजेताले अहिलेसम्मकै सबैभन्दा धेरै ४२ मिलियन अमेरिकी डलर पाउनछन् । जुन चार वर्षअघि रुसमा भएको विश्वकप विजेता फ्रान्सले पाएको भन्दा ४ मिलियन बढी हो । यस्तै २०१४ को ब्राजिल विश्वकप भन्दा ७ मिलियनले बढी हो ।

    अब बन्ने विश्वकप विजेताले पाउने रकम नेपालीमा हिसाव गर्दा करिव ५ अर्ब ४४ कमरोड हुन आउँछ ।

    विश्वकप विजेताले ५ अर्ब ४४ करोड २३ लाख ६० हजार (नेपाल राष्ट्र बैंकअनुसार आइतबार अमेरिकी डलरको बिक्री मूल्य) पाउनेछन् । यस्तै उपविजेताले ३० मिलियन डलर अर्थात नेपाली रकम ३ अर्ब ८८ करोड ७४ लाख पाउनेछन् ।

    तेस्रो हुने टिमले २७ मिलियन अर्थात ३ अर्ब ४९ करोड ८६ लाख ६० हजार र चौथो हुने टिमले २५ मिलियन अर्थात ३ अर्ब २३ करोड ९५ लाख रुपैयाँ पाउनेछन् ।

    क्वाटरफाइनल पुग्ने टिमले १७ मिलियन अर्थात २ अर्ब २० करोड २८ लाख ६० हजार रुपैयाँ पाउनेछन् ।

    अन्तिम १६ मा पुग्ने टिमहरुले १३ मिलियन डलर अर्थात १ अर्ब ६८ करोड ४५ लाख ४० हजार पाउनेछन् । समूह चरणमा खेल्ने टिमले ९ मिलियन अर्थात १ अर्ब १६ करोड ६२ लाख २० हजार रुपैयाँ पाउनेछन् ।

    कतार विश्वकपको कूल पुरस्कार राशी ४४० मिलियन अर्थात ५७ अर्ब १ करोड ५२ लाख रुपैयाँ छ ।

    कतार विश्वकपमा पुरस्कार राशी

    विजेता: ४२ मिलियन डलर
    उपविजेता: ३० मिलियन डलर
    तेस्रो स्थान: २७ मिलियन डलर
    चौथो स्थान: २५ मिलियन डलर
    क्वाटरफाइन: १७ मिलियन डलर
    अन्तिम १६ : १३ मिलियन डलर
    समूह चरण: ९ मिलियन डलर

    कुन विश्वकप विजेताले कति रकम पाए ?

    १९८२, इटली:  २.२ मिलियन
    १९८६, अर्जेन्टिना:  २.८ मिलियन
    १९९०, जर्मनी:  ३.५ मिलियन
    १९९४, ब्राजिल:  ४ मिलियन
    १९९८, फ्रान्स:  ६ मिलियन
    २००२, ब्राजिल:  ८ मिलियन
    २००६, इटली:  २० मिलियन
    २०१०, स्पेन: ३० मिलियन
    २०१४, जर्मनी: ३५ मिलियन
    २०१८, फ्रान्स: ३८ मिलियन
    २०२२, ? : ४२ मिलियन

    प्रकाशित मिति :कार्तिक २७ २०७९ आइतवार - १४:२८:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij