Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

फिफा विश्वकप २०२२ हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित

फिफा विश्वकप २०२२ हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित


  • 1.8K
    Shares

    फिफा विश्वकप २०२२ हेर्न अतिरिक्त शुल्क लिनेसम्बन्धी रिटको सुनुवाइ स्थगित

    फिफा विश्वकप २०२२ हेर्नका लागि ५०० रुपैयाँ अतिरिक्त लिइने मिडिया हबको निर्णय कार्यान्वयन गर्न मिल्ने वा नमिल्ने विषयमा आइतबार न्यायाधीशद्वय विश्वम्भर श्रेष्ठ र डा. मनोजकुमार शर्माको इजलासमा तोकिएको पेसी हेर्न नभ्याइने सूचीमा हुँदै स्थगित भएको छ ।

    अधिवक्ता किशोर पौडेललगायतले मिडिया हबको फिफा विश्वकप हेर्न अतिरिक्त शुल्क लाग्ने निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

    रिटमा प्रारम्भिक सुनुवाइपछि न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मिडिया हबको सो निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरी ३० गतेका लागि पेसी तोकेको थियो ।

    अदालतको आदेश खारेज गर्न माग गर्दै मिडिया हबका तर्फबाट बिहीबार निवेदन पेस गरिएको थियो । 

    निवेदनमा अदालतको अल्पकालीन अन्तरिम आदेश खारेज गरी फिफाको ब्रोडकास्टसम्बन्धी कामकारबाही अगाडि बढाउन माग गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक २७ २०७९ आइतवार - १४:१७:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij