Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी २० विश्वकप: आज पाकिस्तान र इंग्ल्यान्ड आमनेसामने हुँदै, कसले मार्ला बाजी ?

टी २० विश्वकप: आज पाकिस्तान र इंग्ल्यान्ड आमनेसामने हुँदै, कसले मार्ला बाजी ?


  • 1.9K
    Shares

    टी २० विश्वकप: आज पाकिस्तान र इंग्ल्यान्ड आमनेसामने हुँदै, कसले मार्ला बाजी ?

    टी २० विश्वकप क्रिकेटको फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्ड आमनेसामने हुँदैछन् ।

    सुपर १२ मा समूह १ बाट दोस्रो हुँदै सेमिफाइनल पुगेको इंग्ल्यान्ड र समूह २ बाट पनि दोस्रो हुँदै सेमिफाइनल पुगेका टिम नै अन्ततः फाइनल खेल्न लागेका हुन् । खेल नेपाली समय अनुसार दिउसाे पाैने २ बजे सुरू हुनेछ । तर वर्षाले खेल बिथाेल्ने सम्भावना रहेकाे बताइन्छ ।

    सेमिफाइनलमा पाकिस्तानले समूह १ को विजेता न्युजिल्यान्डलाई ७ विकेटले परातिज गरेको थियो ।

    तर इंग्ल्यान्डले भने समूह २ को विजेता भारतलाई शर्मनाक १० विकेटको हार चखाउँदै फाइनलमा पाकिस्तानसँगको भेट पक्क गरेको थियो । सन् १९९२ मा एकदिवशीय क्रिकेटको फाइनलमा पाकिस्तानले इंग्ल्यान्डलाई २२ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

    इंग्ल्यान्ड त्यो हारको बदला टी २० को उपाधि जितेर लिने दाउमा छ । भारतजस्तो बलियो टोलीलाई पनि शर्मनाक हार चखाएको इंग्ल्यान्ड निक्कै आक्रामक र सशक्त देखिएको छ ।

    यी दुईदेशबीचको अहिलेसम्मको २८ खेलमा इंग्ल्यान्डले १८ खेल जित्दा पाकिस्तान ९ खेलमा मात्रै विजयी भएको छ ।

    फाइनल पुग्दा पाकिस्तानका कप्तान बाबर आजम र महम्मद रिजवानले अर्धशतकीय पारी खेलेका थिए । यो प्रतियोगितामा नै नचलेका बाबरले न्युजिल्यान्डविरुद्ध भने प्रभावशाली प्रदर्शन गरेका थिए । यी खेलाडीकाे प्रदर्शनले उपाधिकै टुंगाे लगाउन सक्छ ।

    यता १० विकेटले जित्ने क्रममा इंग्ल्यान्डका लागि जस बटलर र एलेक्स हेल्सले क्रमशः ८० र ८६ रन बनाएका थिए ।

    को–को हुँदै आएका छन् विजेता ?

    सन् २००७ देखि टी २० फरम्याटको विश्वकप हुँदै आएको छ । अहिलेसम्म सात संस्करण आयोजना हुँदा वेस्ट इण्डिजले मात्रै २०१२ र २०१६ मा दुईपटक यो उपाधि जितेको छ । अरू टिम एकएक पटक विजयी भएका छन् ।

    २००७ कोृ पहिलो विजेता भने भारत बन्यो । पाकिस्तानलाई १९.४ ओभरमा रोक्दै भारतले ५ रनको रोमाञ्चक जित दर्ता गरेको थियो । २००९ मा श्रीलंकालाई ८ विकेटले हराउँदै पाकिस्तान विजेता बन्यो ।

    २०१० मा भने इंग्ल्यान्डले अष्ट्रेलियालाई ७ विकेटले पराजित गर्दै उपाधि जित्यो ।  अष्ट्रेलियाले दिएको १४८ रनको लक्ष्य इंग्ल्यान्डले १७ ओभरमै पूरा गरेको थियो ।

    २०१२ मा श्रीलंकालाई १३८ रनको लक्ष्य दिनुको बाबजुद वेस्ट इण्डिज ३६ रनले उपाधि जित्न पुगेको थियो । २०१४ मा भारतलाई ६ विकेटले हराउँदै श्रीलंकाले यो उपाधि जित्यो ।

    २०१६ मा वेस्ट इण्डिजले अविश्वसनीय रुपमा इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि जितेको थियो । अन्तिम ओभरमा जितका लागि १९ रन आवश्यक हुँदा बेन स्टोकलाई कार्लोस ब्राथवेटले लगातार चारवटा छक्का प्रहार गर्दै १९.४ ओभरमा चार विकेटको जित दिलाएका थिए ।

    २०२१ मा भने अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । अघिल्लोपटकका विजेता अष्ट्रेलिया यसपटक सुपर १२ बाटै बाहिरियो । न्युजिल्यान्ड भने सेमिफाइनलबाट बाहिरियो ।

    प्रकाशित मिति :कार्तिक २७ २०७९ आइतवार - १२:०२:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij