Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने

नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने


  • 1.7K
    Shares

    नेपालले पहिलो पटक क्रिकेट विश्वकप आयोजना गर्ने

    नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।

    बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको टुङ्गो लगाएको छ । मलेसिया र थाइल्याण्डले सन् २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका छन् । सन् २०२४ को आईसीसी यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को यू–१९ पुरुष विश्वकप जिम्बावे र नामिबियाले आयोजना गर्ने मौका पाएका हुन् ।

    प्रकाशित मिति :कार्तिक २७ २०७९ आइतवार - ११:३२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij