२०८२ फाल्गुण २२ गते शुक्रवार
अमेरिकी राष्ट्रपति जो बाइडेन शनिबार एसिया पुगेका चिनियाँ नेता सी जिनपिङलाई जी २० शिखर सम्मेलनमा पहिलो आमनेसामने बैठकमा उत्तर कोरियामाथि लगाम लगाउन आग्रह गर्ने वाचा गरेका छन् राष्ट्रपति बाइडेनले सोमबार बालीमा आफ्ना चिनियाँ समकक्षीसँगको भेटअघि नोम पेन्हमा दक्षिणपूर्वी एसियाली नेताहरूलाई भेटेका थिए ।
कीर्तिमानी क्षेप्यास्त्र परीक्षणसँगै छिट्टै सातौं आणविक परीक्षण गर्ने डर बढिरहेका बेला दुई शक्तिशाली देशका नेताबीच भेटवार्ता हुँदैछ ।
जी २० शिखर सम्मेलनको साइडलाइन वार्तामा बाइडेनले प्योङयाङको सबैभन्दा ठूलो सहयोगी चीनका राष्ट्रपतिलाई उत्तर कोरियाको खराब गतिविधि रोक्न अनुरोध गर्ने अनुमान गरिएको छ ।
वार्तामा ‘उत्तर कोरियाको सबैभन्दा खराब प्रवृत्तिलाई रोक्न रचनात्मक भूमिकाबारे छलफल हुने’ अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बताएका छन् ।
बाइडेनले सी जिनपिङलाई उत्तर कोरियाको क्षेप्यास्त्र र आणविक निर्माणलाई ‘निरन्तरता दिएमा यो कोरियाली प्रायद्वीपमा थप अमेरिकी सेना र सुरक्षा उपस्थिति बढाइने’ बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij