Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

अमेरिकामा एयर सोको क्रममा दुई विमान ठोक्किएपछि...

अमेरिकामा एयर सोको क्रममा दुई विमान ठोक्किएपछि...


  • 2.2K
    Shares

    अमेरिकामा एयर सोको क्रममा दुई विमान ठोक्किएपछि...

    अमेरिकाको डलास राज्यमा एयर सोको क्रममा दोस्रो विश्वयुद्धकालीन दुई विमान आकाशमा ठोक्किएका छन्।  यी दुवै विमान निकै कम उचाइमा उडिरहेको अवस्थामा दुर्घटना भएको हो। 

    सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडिओमा दुर्घटनापछि  एक विमान दुई भागमा टुक्रा भएको र जमिनमा खसेको देख्न सकिन्छ। त्यसपछि विमानमा आगो लागेको थियो। 

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार यी दुईमध्ये एक विमान बोइङ बी–१७ फ्लाइङ फोट्र्रेस थियो। दुवै विमान विंग्स ओभर डलास एयर सोमा भाग लिइरहेका थिए। जसलाई दोस्रो विश्व युद्ध एयर सो पनि भनिन्छ। 

    अहिलेसम्म विमान कति मानिस सवार थिए र दुर्घटनामा विमानमा सवार मानिसहरुको अवस्था के छ भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन।

    अमेरिकाको फेडेरल एभिएसन एड्मिनिस्ट्रेसनले शनिबार भएको यो दुर्घटनाबारे अनुसन्धान सुरु गरेको छ। डलासका मेयर एरिक जोनसनले यसलाई ‘दर्दनाक त्रासदी’को संत्रा दिएका छन्।

    उनले ट्वीटरमार्फत यो घटनाको भिडियो हृदयविदारक रहेको उल्लेख गरेका छन्। उनले यो दुर्घटनाको शिकार भएका मानिसको लागि प्रार्थना गरेको उल्लेख गरेका छन्। 

    मेयरले यो दुर्घटनामा परेका मानिसहरुको विषयमा कुनै जानकारी नभएको भन्दै दर्शकलाई भने दुर्घटनाबाट कुनै पनि क्षति नपुगेको बताएका छन्। 

    https://twitter.com/pbmnews/status/1591526622800547841?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1591526622800547841%7Ctwgr%5E29116edb4ec8f933bd27548492670ffa9e721f3c%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fnepalkhabar.com%2Fglobal%2F148136-2022-11-13-9-44-45

    प्रकाशित मिति :कार्तिक २७ २०७९ आइतवार - १०:५३:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij