Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

स्पेनमाको एउटा यस्तो ठाउँ जाहाँ सिंगो गाउँ नै बिक्रीमा, मूल्य कति ?

स्पेनमाको एउटा यस्तो ठाउँ जाहाँ सिंगो गाउँ नै बिक्रीमा, मूल्य कति ?


  • 3.0K
    Shares

    स्पेनमाको एउटा यस्तो ठाउँ जाहाँ सिंगो गाउँ नै बिक्रीमा, मूल्य कति ?
    images

    म्याड्रिड । सिंगो गाउँ नै बिक्री भएको सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, स्पेनमा यस्तो घटना हुने भएको छ । उत्तर पश्चिमी स्पेनको 'साल्टो डी क्यास्त्रो' गाउँ बिक्रीमा राखिएको छ ।

    यसको मूल्य दुई लाख ५९ हजार अमेरिकी डलर तोकिएको छ । पोर्चुगलको सीमानासँग जोडिएको जामोरा प्रान्तमा रहको साल्टो डी क्यास्त्रो गाउँ राजधानी म्याड्रिडबाट तीनदेखि चार घन्टाको ड्राइभबाट पुग्न सकिन्छ । सानो स्पेनी सहरमा भेटिने खालका थुप्रै भवन यहाँ पनि रहेका छन् । 

    यहाँ कूल ४४ वटा घर, एउटा होटेल, एउटा चर्च, एउटा विद्यालय, एउटा महानगरीय पौडी पोखरी र सबैका घरमा सुरक्षा प्रदान गर्न प्रयोग हुने एउटा ब्यारेक भवनसमेत छ । तर यो गाउँमा बस्ने मानिसहरू भने कोही छैनन् ।

    यस गाउँका वर्तमान मालिकले सन् २००० को सुरुमा गाउँलाई पर्यटकीय थलोमा परिणत गर्ने उद्देश्यले यसलाई किनेका थिए । तर, युरोजोन समस्याको कारण उनको योजना साकार हुन सकेको थिएन । ती व्यक्तिलाई प्रतिनिधित्व गर्ने कम्पनी रोयल इन्भेस्टका रोन्नी रोड्रिग्वेजले उनको यहाँ एउटा होटेल खोल्ने सपना पनि पूरा नभएको तर उनी अझै आफ्नो परियोजनाले वास्तविक रूप लिने आशमा रहेको बताएका छन् । 

    आइडियलिस्टा वेबसाइटमा गाउँ बिक्रीको सूचना राखेका ती नाम नखुलाइएका ८० वर्षीय मालिकले भनेका छन्, “म सहरी वासिन्दा हुँ । र, मैले यस गाउँको मर्मत सम्भार गर्न नसकेकाले यसलाई बेच्दै छु ।"

    गत साता विज्ञापनमा राखिएको यस साइट यति लोकप्रिय भएको छ कि अहिलेसम्म यसलाई ५० हजार पटक भन्दा बढी हेरिएको छ ।

    प्रकाशित मिति :कार्तिक २५ २०७९ शुक्रवार - १०:४०:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij