Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

भारतमाथि शानदार जित निकाल्दै इङ्ल्यान्ड फाइनलमा

भारतमाथि शानदार जित निकाल्दै इङ्ल्यान्ड फाइनलमा


  • 1.9K
    Shares

    भारतमाथि शानदार जित निकाल्दै इङ्ल्यान्ड फाइनलमा

    इङ्ल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा भारतलाई १० विकेटले हराउँदै इङ्ल्यान्ड उपाधि नजिक पुगेको हो । 

    एडिलेट ओभलमा भारतले दिएको १६९ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १६ ओभर विना विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । इङ्ग्ल्यान्डका लागि आलेक्स हेल्स र जोस बट्लरले अर्धशतकीय पारी खेले ।

    बल खेलेका हेल्सले ४ चौका र ७ छक्का प्रहार गर्दै ८६ रन बनाए । त्यस्तै जोस बट्लरले ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाए । हेल्स र बट्लरको टी–ट्वान्टी विश्वकपमा सर्वाधिक साझेदारी हो । 

    दुई खेलाडीले १७० रनको साझेदारी गरे ।  यसअघि भारतविरुद्ध नै पाकिस्तानका बाबर आजम र मोहमद रिजवानले १५२ रनको साझेदारी गरेका थिए । 

    भारतका लागि कुनै ब्याटरले विकेट लिन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

    भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ६३ रन बनाए । विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । इङ्ग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए । क्रिस वोक्स र आदील राशिदले एक-एक विकेट लिए । अब इङ्ल्यान्डले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । फाइनल खेल आइतबार हुनेछ । 

    प्रकाशित मिति :कार्तिक २४ २०७९ बिहिवार - १६:५८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij