Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

माल्दिभ्समा भवनमा आगलागी हुँदा ९ भारतीयसहित १० जनाको मृत्यु

माल्दिभ्समा भवनमा आगलागी हुँदा ९ भारतीयसहित १० जनाको मृत्यु


  • 1.9K
    Shares

    माल्दिभ्समा भवनमा आगलागी हुँदा ९ भारतीयसहित १० जनाको मृत्यु
    images

    माल्दिभ्सको राजधानी मालेमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । उक्त भवनमा विदेशी कामदार बस्दै आएका थिए ।

    भवनको भुईं तलामा रहेको कार मर्मत गर्ने ग्यारेजमा आगलागी भएको हो । उक्त घटनामा नौ भारतीयसहित एक बंगलादेशी नागरिकको मृत्यु भएको छ । यस घटनामा धेरै मानिस घाइते भएका छन् ।

    भवनमा आगलागी भएपछि माथिल्लो तलाबाट १० जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन् । भवनको भुइँ तल्लामा रहेको कार मर्मत गर्ने ग्यारेजमा आगलागी भएको हो ।

    दमकलका एक अधिकारीले भने कि हामीले १० शव निकालेका छौं। आगो नियन्त्रणमा लिन करिब चार घण्टा लागेको थियो । मृत्यु हुनेमा नौ भारतीय र एक बंगलादेशी रहेको प्रहरीले जनाएको छ ।

    मालेमा भएको आगलागीमा भारतीय नागरिकसहित १० जनाको मृत्यु भएको माल्दिभ्सस्थित भारतीय उच्चायोगले दुःख व्यक्त गरेको छ । उच्चायोगले माल्दिभ्स सरकारसँग सम्पर्कमा रहेको बताएको छ ।

    माल्दिभ्सका एक उच्च सरकारी अधिकारीले प्रहरीले मृतकको पहिचान गर्ने प्रयास गरिरहेको बताए । माल्दिभ्सको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले ट्वीट गर्दै मालेमा भएको आगलागी पीडितका लागि स्टेडियममा राहत र उद्धार केन्द्र स्थापना गरिएको जनाएको छ। पीडितलाई सहयोग गर्न हरसम्भव प्रयास भइरहेको छ ।

    यो घटनापछि माल्दिभ्समा खराब अवस्थामा बस्ने विदेशी कामदारको मुद्दा फेरि चर्चामा आएको छ । माल्दिभ्सका राजनीतिक दलहरूले विदेशी कामदारहरू यहाँ दयनीय अवस्थामा बस्न बाध्य भएको बताएका छन्।

    माल्दिभ्समा विदेशी कामदारको ठूलो जनसंख्या छ। अधिकांश कामदार भारत, बंगलादेश, नेपाल, पाकिस्तान र श्रीलंका जस्ता देशका छन् ।

    यी विदेशी कामदारको दयनीय अवस्थाको मामला पहिलो पटक कोरोनाको समयमा बाहिर आएको थियो । त्यतिबेला विदेशी कामदारमा स्थानीयभन्दा तीन गुणा छिटो कोरोना फैलिएको थियो ।

    प्रकाशित मिति :कार्तिक २४ २०७९ बिहिवार - १४:३१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij