Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

ट्वान्टी-२० विश्वकप पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्दै

ट्वान्टी-२० विश्वकप पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्दै


  • 2.6K
    Shares

    ट्वान्टी-२० विश्वकप  पहिलो सेमिफाइनलमा न्युजिल्यान्ड र पाकिस्तान भिड्दै

    आईसीसी विश्वकप क्रिकेटमा आज (बुधबार) पाकिस्तान र न्युजिल्यान्ड भिड्दै छन् । अस्ट्रेलियास्थित सिड्नी क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो ०१ः४५ बजेदेखि सुरु हुनेछ । 

    सुपर-१२ बाट न्युजिल्यान्ड समूह-१ को विजेता र पाकिस्तान समूह-२ को उपविजेता बन्दै सेमिफाइनलमा आएको हो । यो खेलको विजेताले भारत र इङ्ल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग नोभेम्बर १३ मा उपाधिका लागि खेल्नेछ ।

    पाकिस्तान र न्युजिल्यान्डबीच हालसम्म ट्वान्टी-२० क्रिकेटमा २८ अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा पाकिस्तान केही बलियो देखिन्छ । पाकिस्तानले २८ खेलमध्ये १७ खेल जित्दा न्युजिल्यान्डले ११ खेलको नतिजा आफ्नो पक्षमा पारेको छ । 

    यस्तै, ट्वान्टी-२० विश्वकपमा यी दुई टिमबीच हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । यसमा पनि पाकिस्तान केही बलियो देखिन्छ । ६ मध्ये ४ खेल पाकिस्तानले जित्दा न्युजिल्यान्डले दुई खेल आफ्नो पक्षमा पारेको छ । 

    न्युजिल्यान्डको सम्भावित टिम ः

    डेविड कोन्वे, फिन एलन, केन विलियम्सन (कप्तान), ग्लेन फिलिप्स, डार्याल मिचेल, जेम्स निसम, मिचेल स्यान्टनर, ईश सोधी, टिम साउदी, ट्रेन्ट बोल्ट, लकी फर्गुसन ।

    पाकिस्तानको सम्भावित टिम ः

    बाबर आजम (कप्तान), मोहम्मद रिजवान, ह्यारिस मोहम्मद, सान मसुद, इफ्तिखर अहमेद, मोहम्मद नवाज, सदाब खान, साहिन साह अफ्रिदी, ह्यारिस रौफ, मोहम्मद वसिम, नसिम साह ।

    प्रकाशित मिति :कार्तिक २३ २०७९ बुधवार - ११:५७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij