Logo

२०८२ कार्तिक ९ गते आइतवार

२०८२ कार्तिक ९ गते आइतवार

चीनमा कोरोनाको नक्कली खोपसहित ८० जना पक्राउ

चीनमा कोरोनाको नक्कली खोपसहित ८० जना पक्राउ


  • 6.8K
    Shares

    चीनमा कोरोनाको नक्कली खोपसहित ८० जना पक्राउ
    images

    चीनमा कोरोना विरुद्धको नक्कली खोप बनाएको आरोपमा ८० जनालाई पक्राउ गरेको छ । चिनियाँ सञ्‍चारमाध्यम ग्लोबल टाइम्सका अनुसार प्रहरीले जियांग्सु, बीजिंग र शानडोंगबाट ३ हजार नक्कली खोपसहित उनीहरुलाई पक्राउ गरेको हो ।

    ग्लोबल टाइम्सका अनुसार प्रहरीले गत बर्ष सेप्टेम्बरमा गिरोहले उच्च मूल्यमा खोप वितरण गरेको जानकारी पाएको थियो सोही अनुसन्धानका क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

    नियन्त्रणमा लिएका ८० जनाको बयान अनुसार उक्त खोप मुलुकबाहिर पनि बिक्री वितरणको तयारी भइरहेको ग्लोबल टाइम्सले जनाएको छ । उनीहरूले सिनोभ्याक खोप भन्दै उक्त नक्कली खोप मुलुकबाहिर पठाउने तयारी गरिरहेको पनि ग्लोबल टाइम्सले जनाएको छ ।

    सांघाइस्थित एक खोप विज्ञले ग्लोबल टाइम्सलाई भने, ‘खोपको कुनै असर छैन र यसले कुनै स्वास्थ्य समस्या पनि गराउँदैन । उक्त गिरोहले पैसाका लागि नक्कली खोप बिक्री गरेको पाइएको छ । उनीहरुको मानिसहरुलाई घात गर्ने उद्देश्य भएको देखिँदैन ।’

    चीनमा २ कम्पनी सिनोवाक र सिनाफार्मलाई मात्र खोप लगाउन जिम्मा दिइएको छ। दुबै कम्पनीहरूले अन्य धेरै देशहरूमा खोपहरू पठाउँदै आएका छन् । एजेन्सी

    प्रकाशित मिति :माघ २० २०७७ मंगलवार - ११:४९:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij