Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि…

कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि…


  • 2.2K
    Shares

    कतार विश्वकपका लागि छनौट भएका रेफ्रीले १० खेलाडीलाई रातो कार्ड देखाएपछि…

    आसन्न कतार विश्वकपका लागि छनौट भएका अर्जेन्टाइन रेफ्रीले आफ्नो पछिल्लो खेलमा १० खेलाडीलाई रातो कार्ड देखाएका छन् ।

    अर्जेन्टिनाको च्याम्पियन्स ट्रफीको फाइनल खेलमा अर्जेन्टाइन रेफ्री फासुन्डो टेलोले १० खेलाडीलाई रातो कार्ड दिएका हुन् । बोका जुनियर्स र रेसिङ क्लबबीचको खेलमा टेलोले १० जना खेलाडीलाई रातो कार्ड दिएका हुन् ।

    निर्धारित समयमा १–१ गोलको बराबरीपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको अन्तिममा रेसिङ क्लबका कार्लोस अल्काराजले गोल गरेसँगै खेल निकै तनावपूर्ण बनेको थियो ।

    अल्काराजले बोका जुनियर्स समर्थक अगाडि गएर निर्णायक ‘गोल सेलिब्रेट’ गरेसँगै बोकाका खेलाडिहरुले उनको कान समातेर तानेका थिए । त्यसपछि खेल अझ तनावपूर्ण बनेको थियो ।

    तनावपूर्ण अवस्थाबीच खेलका रेफ्री टेलोले बोकाका ५ जना खेलाडीलाई रातो कार्ड देखाएका थिए । समग्रमा खेलमा बोकाका ७ र रेसिङका ३ खेलाडीले रातो कार्ड पाएका थिए ।

    यसअघि खेलको पहिलो हाफमा बोकाका लागि नोर्बेर्तो ब्रियास्को र रेसिङका मातियास रोहासले गोल गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक २१ २०७९ सोमवार - १६:३०:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij