Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

भिक्टोरिया तालमा विमान खस्याे, १९ जनाको मृत्यु

भिक्टोरिया तालमा विमान खस्याे, १९ जनाको मृत्यु


  • 1.9K
    Shares

    भिक्टोरिया तालमा विमान खस्याे, १९ जनाको मृत्यु
    images

    तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताउनुभएको छ ।

    ‘यस दुर्घटनामा ज्यान गुमाएका १९ जनाको शोकमा सबै तान्जानियावासीहरू तपाईंसँग छन्,’माजालिवाले बुकोबा एयरपोर्टमा पुगेपछि यहाँ जम्मा भएका भीडलाई भन्नुभएको थियो ।

    यस विमान यात्रामा रहेका ४३ यात्रु मध्ये २४ जना बाँच्न सफल रहेका र बाँचेकाहरूलाई लेकसाइड शहरको अस्पतालमा लगिएको बताइएको छ ।

    अस्पतालमा भर्ना बिरामीहरुमा दुई जना विमानमा सवार नरहेका पनि रहेका एयरलाइन अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । स्थानीय मिडियामा प्रसारित भिडियो फुटेजले विमान ठूलो मात्रामा डुबेको देखाएको छ, जसमा माछा मार्नेहरूलगायत उद्धारकर्ताहरूले मानिसहरूलाई सुरक्षित स्थानमा ल्याउन पानीमा हिंडिरहेका थिए ।

    आकस्मिक कामदारहरूले डोरी प्रयोग गरेर विमानलाई पानीबाट बाहिर निकाल्ने प्रयास गर्दै थिए । क्रेनको सहयोगमा बासिन्दाहरूले पनि मद्दत गर्न खोजेका थिए । राष्ट्रपति सामिया सुलुहु हसनले दुर्घटनामा परी घाइते भएकाहरूप्रति समवेदना व्यक्त गर्दै भन्नु भएको छ- ‘हामी हामीलाई मद्दत गर्न ईश्वरसँग प्रार्थना गर्दछौं।’ यो प्रकोप पूर्वी अफ्रिकी राष्ट्रमा भएको सबैभन्दा घातक विमान दुर्घटनाको रुपमा रहेको छ ।

    प्रकाशित मिति :कार्तिक २१ २०७९ सोमवार - १३:४४:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij