Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

नयाँ दिल्लीका असी प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा

नयाँ दिल्लीका असी प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा


  • 1.8K
    Shares

    नयाँ दिल्लीका असी प्रतिशत परिवार वायु प्रदूषणको चपेटामा
    images

    भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणमा भएको वृद्धिले स्वास्थ्य जोखिम बढाइरहेका बेला सार्वजनिक भएको एक सर्वेक्षणले महानगर र आसपासका  क्षेत्रमा बसोवास गर्ने करिब ८० प्रतिशत परिवार वायु प्रदूषणसँग सम्बन्धित रोग भएको देखाएको छ । वायुको गुणस्तर सूचकाङ्कले गम्भीर तह पार गरेको वर्तमान सन्दर्भमा  सार्वजनिक भएको नयाँ सर्वेक्षण र त्यसका निष्कर्षलाई महत्वपूर्ण मानिएको छ ।

    सर्वेक्षणका निष्कर्षलाई उद्धृत गर्दै बिजनेस स्ट्यान्डर्ड दैनिकले छापेको समाचारअनुसार  नयाँ दिल्ली र वरपरका क्षेत्रमा बसोवास गर्ने प्रत्येक पाँच परिवारमध्ये चारले प्रदूषण–सम्बन्धित रोगको शिकार भएको अनुभव गरिरहेको छन् । उनीहरूमध्ये १८ प्रतिशतले डाक्टर वा अस्पताल गएर रोगको निदान एवं उपचार  खोजेका छन् । 

    नोएडा, गाजियाबाद, गुरुग्राम र फरीदाबाद  नजिकका सामुदायिक सामाजिक सञ्जाल र स्थानीय समूहहरूसँगको सहभागितामा गरिएको सर्वेक्षणमा १९ हजार जनालाई समेटिएको थियो । 

    प्रकाशित मिति :कार्तिक २० २०७९ आइतवार - १३:३९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij