२०८२ फाल्गुण २२ गते शुक्रवार
अमेरिकाको फिलाडेल्फियास्थित केन्सिङटन क्षेत्रको एक बारबाहिर अन्धाधुन्ध गोली आक्रमण भएको छ। शनिबार राति भएको यो आक्रमणमा परी कम्तीमा १२ जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीले यस विषयमा थप अनुसन्धान अघि बढाएको छ भने घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ। अहिलेसम्म घाइतेहरुको अवस्थाको विषयमा भने थप जानकारी आउन बाँकी छ।
के कारणले यो आक्रमण भएको हो भन्ने पनि खुल्न सकेको छैन भने प्रहरीले यस घटनामा संलग्न रहेको आशंकामा कसैलाई पक्राउ पनि गरेको छैन।
पछिल्लो समय अमेरिकामा गोली आक्रमणका घटनामा उल्लेख्यरुपमा बढेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij