Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

टी–२० विश्व कप: पाकिस्तान र बङ्लादेशको खेल चल्दै, सेमिफाइनल भारतमा

टी–२० विश्व कप: पाकिस्तान र बङ्लादेशको खेल चल्दै, सेमिफाइनल भारतमा


  • 2.1K
    Shares

    टी–२० विश्व कप: पाकिस्तान र बङ्लादेशको खेल चल्दै, सेमिफाइनल भारतमा

    टी–२० विश्व कप क्रिकेटमा अहिले पाकिस्तान र बङ्लादेश खेलिरहेका छन् । अस्ट्रेलियाको एडिलेडमा टस जितेर बङ्लादेशले ब्याटिङ गरिरहेको छ । यो खेल जित्ने टोली समूह-२ बाट सेमिफाइनलमा पुग्नेछ । यो समूहमा शीर्ष स्थानमा रहेको भारत सेमिफाइनलमा पुगेको छ ।

    तेस्रोमा रहेको पाकिस्तान र चौथोमा रहेको बङ्लादेशमध्ये जित्ने टोली सेमिफाइनलमा पुग्नेछ । जित्ने टोलीको ६ अङ्क हुनेछ । सेमिफाइनलमा पुग्न जित्नुपर्ने खेलमा नेदरल्यान्ड्ससँग हारेपछि दक्षिण अफ्रिका सुपर १२ को समूह-२ बाट बाहिरिएको छ । उसको ५ खेलमा ५ अङ्क मात्रै छ ।

    आजै भारत र जिम्बाब्वेबीचको खेल दिउँसो पौने २ बजे मेलबर्नमा सुरु हुनेछ । सुपर १२ को समूह-१  बाट न्युजिल्यान्ड र इङ्ल्यान्ड सेमिफाइनलमा पुगेका छन् । आयोजक अस्ट्रेलिया बाहिरिएको छ । टी–२० विश्व कप क्रिकेटको फाइनल खेल नोभेम्बर १३ मा मेलबर्नमा हुनेछ ।

    प्रकाशित मिति :कार्तिक २० २०७९ आइतवार - ११:११:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij