Logo

२०८२ कार्तिक १६ गते आइतवार

२०८२ कार्तिक १६ गते आइतवार

गुजरातमा पुल भत्किँदा मर्नेको सङ्ख्या १३२ पुग्यो,सयै बेपता

गुजरातमा पुल भत्किँदा मर्नेको सङ्ख्या १३२ पुग्यो,सयै बेपता


  • 2.1K
    Shares

    गुजरातमा पुल भत्किँदा मर्नेको सङ्ख्या १३२ पुग्यो,सयै बेपता
    images

    गुजरातको मोरबीमा आइतबार माच्छु नदीमा रहेको झोलुङ्गे पुल भत्किएको छ । माच्छु खोलामा बनेको शताब्दी पुरानो झोलुङ्गे पुल भत्किँदा यस दुर्घटनामा पुलमा रहेका धेरै मानिस नदीमा खसेका थिए ।

    गुजरातका गृहमन्त्री हर्ष सिंह सांघवीले राति एक बजेसम्म ६८ जनाको शव निकालिएको बताएका थिए । राति अबेरसम्म राहत र उद्धार कार्य जारी रहेको तर धेरै मानिस बेपत्ता भएको उनले जानकारी दिएका थिए । सोमबार बिहान सांघवीले मृत्यु हुनेको सङ्ख्या १३२ पुगेको बताएका छन्।

    यसअघि राति अबेर राति राजकोटका भाजपा सांसद मोहनभाई कल्याणजी कुण्डरियाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका समेत गरेका थिए । १५ मिनेटमै ५० भन्दा बढी एम्बुलेन्स घटनास्थल पुगेको कुण्डरियाले बताए ।

    यो पुल वर्षौँदेखि बन्द थियो । यो भर्खरै मर्मतसम्भार पछि जनताको लागि पुनः खोलिएको थियो। यो नयाँ पुल गुजराती नयाँ वर्षमा दीपावली पछि खोलिएको थियो। दीपावलीको बिदा र आइतबारका कारण पुलमा मानिसको भीड लागेको थियो । यद्यपि यो शताब्दी पुरानो पुल के कारणले ढल्यो भन्ने कारण भने खुल्न सकेको छैन । पुल भत्किनुको कारणबारे अनुसन्धान गर्न पाँच सदस्यीय टोली गठन गरिएको छ ।

    प्रकाशित मिति :कार्तिक १४ २०७९ सोमवार - ११:००:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij