Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग

इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग


  • 2.0K
    Shares

    इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग
    images

    तेहरान गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । हिरासतमा लिइएकी अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकसम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    उनको मृत्युपछि राजधानी तेहरानलगायत देशभर तीब्र पद्रर्शन भएका छन् । सरकारले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तेहरान प्रान्तमा ६० जनालाई र दक्षिणी प्रान्त हर्मोजगानबाट ६५ जनालाई अभियोग लगाएको छ ।

    ‘दंगा भड्काउने व्यक्तिले अवैध जमघट, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्ने र जनतामा आतंक छर्ने कार्यमा मुख्य भूमिका खेलेका कारण अभियोजकले यी मुद्दाहरूमा द्रुत अनुसन्धान गरेको छ’, हर्मोजगानका प्रधानन्यायाधीश मोज्ताबा घहरेमानीले भने ।

    उक्त प्रान्तमा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन् । त्यस्तै उत्तरी प्रान्तमा १२ सय जना पक्राउ परेका प्राप्त विवरणहरूमा जनाइएको छ ।यसैबीच, हालसम्म सरकारले गरेको प्रदर्शनमा १०८ जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :आश्विन २७ २०७९ बिहिवार - १२:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij