Logo

२०८२ फाल्गुण २२ गते शुक्रवार

२०८२ फाल्गुण २२ गते शुक्रवार

इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग

इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग


  • 2.1K
    Shares

    इरान प्रदर्शनः १०८ जनाको मृत्यु, १२५ जनालाई अभियोग

    तेहरान गत महिना महसा अमिनीको हिरासतमा मृत्यु भएपछि सुरु भएको विरोधको लहरलाई लिएर दुई प्रान्तमा १०० भन्दा बढी व्यक्तिलाई अभियोग लगाइएको छ । हिरासतमा लिइएकी अमिनीको १६ सेप्टेम्बरमा मृत्यु भएको थियो । हिजाबसम्बन्धी नियम उल्लंघन गरेको आरोपमा नैतिकसम्बन्धी प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    उनको मृत्युपछि राजधानी तेहरानलगायत देशभर तीब्र पद्रर्शन भएका छन् । सरकारले सयौँ प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तेहरान प्रान्तमा ६० जनालाई र दक्षिणी प्रान्त हर्मोजगानबाट ६५ जनालाई अभियोग लगाएको छ ।

    ‘दंगा भड्काउने व्यक्तिले अवैध जमघट, आगजनी र सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण गर्ने र जनतामा आतंक छर्ने कार्यमा मुख्य भूमिका खेलेका कारण अभियोजकले यी मुद्दाहरूमा द्रुत अनुसन्धान गरेको छ’, हर्मोजगानका प्रधानन्यायाधीश मोज्ताबा घहरेमानीले भने ।

    उक्त प्रान्तमा दर्जनौँ प्रदर्शनकारी पक्राउ परेका छन् । त्यस्तै उत्तरी प्रान्तमा १२ सय जना पक्राउ परेका प्राप्त विवरणहरूमा जनाइएको छ ।यसैबीच, हालसम्म सरकारले गरेको प्रदर्शनमा १०८ जनाको मृत्यु भएको थियो ।

    प्रकाशित मिति :आश्विन २७ २०७९ बिहिवार - १२:०५:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij