Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

यस्तो छ कतार विश्वकपको तालिका

यस्तो छ कतार विश्वकपको तालिका


  • 2.2K
    Shares

    यस्तो छ कतार विश्वकपको तालिका
    images

    फिफा विश्वकप २०२२ सुरु हुन अब ३९ दिन मात्र बाँकी छ। यसपटकको विश्वकप कतारमा हुँदै छ। फुटबल विश्वकप पहिलोपटक खाडी मुलुकमा हुन लागेको हो। कतार विश्वकपको पहिलो खेल नोभेम्बर २० मा आयोजक मुलुक कतार र इक्वेडरबीच हुनेछ।

    यो खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ। उद्घाटनको दिन एउटा मात्र खेलको तालिका छ। विश्वकपमा समूहचरणका खेल डिसेम्बर २ सम्म हुनेछन्।

    त्यसपछि अन्तिम १६ का खेल हुनेछन्। अन्तिम १६ का खेल डिसेम्बर ६ मा सकिनेछ। क्वार्टरफाइनलका खेल डिसेम्बर ९ र १० मा हुनेछ। सेमिफाइनल खेल डिसेम्बर १४ र १५ मा हुनेछ। विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ। 

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - १४:०७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij