२०८२ कार्तिक १५ गते शनिवार
रुसले इन्स्टाग्राम र फेसबुकको मूल कम्पनी 'मेटा'लाई आतंकवादी र चरमपन्थी संगठनको सूचीमा राखेको छ । रुसले गत मार्चमा फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको थियो ।
रुसले फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो । रुसी अधिकारीहरुले यी सामाजिक सञ्जाल प्लेटफर्महरुले रुसविरुद्ध प्रचार गरिरहेको आरोप लगाएका छन् । इन्स्टाग्राम रूसमा निकै लोकप्रिय छ । यो विज्ञापन र बिक्रीका लागि एक महत्वपूर्ण प्लेटफर्म थियो ।
फेसबुक (अहिले मेटा प्लेटफर्म) टिकटक र युट्युबजस्ता प्लेटफर्महरुबाट कडा प्रतिस्पर्धा भइरहेको छ । यो १८ वर्ष पुरानो कम्पनीबाट प्रयोगकर्ता टिकटक र युट्युबतिर सर्दैछन् । जसका कारण कम्पनीको राजस्वमा नराम्री प्रभावित बनेको छ ।
यो वर्ष मेटा कम्पनीको सेयरमा भारी गिरावट आएको छ । यसले मेटाका सीईओ जुकरबर्गको नेटवर्थलाई पनि असर गरेको छ । लामो समयदेखि विश्वका शीर्ष तीनधनी व्यक्तिको सूचीमा परेका जुकरबर्ग अहिले २३ औँ स्थानमा झरेका छन् ।
ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार जुकरबर्गको कुल सम्पत्ति ५०.३ अर्ब डलर छ । यस वर्ष उनको कुल सम्पत्ति ७५.२ अर्ब डलरको गिरावट आएको छ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij