Logo

२०८२ कार्तिक १५ गते शनिवार

२०८२ कार्तिक १५ गते शनिवार

काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु

काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु


  • 1.9K
    Shares

    काबुलको एक शैक्षिक केन्द्रमा विष्फोट, कम्तीमा १९ जनाको मृत्यु
    images

    अफगानिस्तानको राजधानी काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् ।

    प्रहरीका अनुसार शहरको पश्चिमी भागमा रहेको काज एजुकेशन सेन्टरमा विष्फोट भएको हो । विद्यार्थी परीक्षा दिइरहेका बेला विष्फोट भएको केन्द्रका कर्मचारीले बताएका छन् । यस क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस हजारा समुदायका छन् ।

    विगतमा पनि हजारा समुदायलाई लक्षित गरी आक्रमण भएका छन् । अहिलेसम्म कुनै पनि संगठनले विष्फोटको जिम्मेवारी लिएको छैन । तालिवानले आक्रमणको निन्दा गरेको छ तालिवानको आन्तरिक मन्त्रालयले आक्रमणको निन्दा गर्दै सुरक्षा बल घटनास्थलमा पुगेको बताएको छ ।

    अब्दुल नाफी टकोरले नागरिकमाथि आक्रमणले ’शत्रुको अमानवीय क्रुरता र नैतिक मूल्यमान्यताको कमी’ प्रमाणित गरेको बताए ।

    प्रकाशित मिति :आश्विन १४ २०७९ शुक्रवार - ११:५६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij