Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यू-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्दै

यू-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्दै


  • 2.2K
    Shares

    यू-१७ साफ: उपाधिका लागि नेपाल र भारत भिड्दै

    यू-१७ पुरुष साफ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारतबीच बुधबार प्रतिस्पर्धा हुँदैछ ।

    कोलम्बोमा जारी प्रतियोगितामा नेपालले सेमिफाइनलमा घरेलु टोली श्रीलंकालाई पराजित गरेको थियो । भारतले बंगलादेशलाई हराउँदै फाइनल पुगेको हो । दुईबीचको फाइनल खेल राति सवा ८ बजे सुरु हुनेछ ।

    चौथोपटक फाइनल पुगेको नेपालका लागि पहिलो पटक उपाधि जित्ने सुनौलो अवसर छ । यसअघि तीन पटक नेपाल फाइनल पुगेर पनि भारतसँग निराश बन्दै आएको छ ।

    नेपाल र भारत यस पटक एकै समूहमा परेका थिए । जसमा नेपाल ३-१ ले विजयी भएको थियो । सन् २०१९ को फाइनलमा नेपाललाई भारतले ६-० ले पराजित गरेको थियो ।

    नेपाली टोलीका प्रशिक्षक उर्जन श्रेष्ठ भारतमाथि समूह चरणमा जित निकालेको भए पनि फाइनल भिडन्त कठिन हुने बताए । ‘भारत सधैँ हाम्रा लागि कठिन प्रतिद्वन्द्वी हो’, श्रेष्ठले भने, ‘हाम्रो लक्ष्यबाट एक जित मात्र टाढा छौ,’ श्रेष्ठले भने ।

    प्रकाशित मिति :भाद्र २९ २०७९ बुधवार - १२:४८:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij