Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै

साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै


  • 2.0K
    Shares

    साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै

    छैटौं साफ महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज (सोमबार) साँझ श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रङ्गशालामा ५:३० बजे सुरु हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।

    सेमिफाइनलमा स्थान बनाउन नेपाललाई यस खेल निकै महत्वपूर्ण छ । समूह बीमा रहेको नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ४-० गोलले पराजित गरेको थियो । आज श्रीलङ्कालाई हराउन सके नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्नेछ ।

    यसअघि नेपाल र श्रीलङ्काबीचको खेलमा नेपाल हावी हुँदै आएको छ । दुई टोलीबीच यसअघि भएको ६ खेलमा नेपालले ६ वटै जित निकालेको थियो । श्रीलङ्कालाई पनि सेमिफाइनलमा स्थान बनाउन नेपाललाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्ने बाध्यता छ ।

    श्रीलङ्का पहिलो खेलमा भुटानसँग ५-० गोलले पराजित भएको थियो । अहिले समूहमा नेपाल र भुटानले तीन तीन अङ्क बनाएका छन् । श्रीलङ्काले अङ्कको खाता खोलेको छैन ।

    समूह एबाट साविक विजेता भारत र बङ्गलादेशले यसअघिनै सेमिफाइनलमा स्थान बनाइसकेका छन् । सात टोली सहभागी च्याम्पियनसिपबाट माल्दिभ्स र पाकिस्तान बाहिरिसकेका छन् । 

    प्रकाशित मिति :भाद्र २७ २०७९ सोमवार - १०:३८:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij