Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य


  • 1.9K
    Shares

    केन्याले नेपाललाई दियो २५६ रनको लक्ष्य

    केन्याले तेस्रो तथा अन्तिम एकदिवसीयमा खेलमा नेपाललाई २ सय ५६ रनको लक्ष्य दिएको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ५५ रन बनायो ।

    केन्याका लागि कोलिन्स अबुयाले ८४ रनको अर्धशतकीय इनिङ खेले । यस्तै लुकास एनडानडासनले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ खेले । सुखदिप सिंहले ३७ रन जोड्दा इमानुएल बुन्डीले २३ रन बनाए ।

    कप्तान शेम एनगोचे १७ रनमा आउट भए । नेपालका सोमपाल कामी र आदील अन्सारीले २र२ विकेट लिए ।

    वसिर अहमद र शाहब आलमले १/१ विकेट लिए । आज नेपाल जित निकाल्दै एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा रहेको छ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ ।

    यस अघि नै सिरिज जितिसकेको नेपाल तेस्रो खेलमा जित निकाल्दै एकदिवसीय सिरिज ३-० ले आफ्नो बनाउन चाहन्छ। पहिलो एकदिवसीयमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

    यता, केन्या पनि नेपाललाई हराएर एकदिवसीय सिरिजमा सान्त्वना जित हात पार्न चाहन्छ । नेपालले यस अघि केन्याविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज ३-२ ले जितेको थियो ।

    प्रकाशित मिति :भाद्र २० २०७९ सोमवार - १५:१४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij