२०८२ भाद्र २ गते सोमवार
साफ यू-१७ पुरुष च्याम्पियनसिप फुटबल प्रतियोगिता सोमबारदेखि श्रीलंकामा सुरु हुँदैछ।
प्रतियोगिताको पहिलो दिन दुई खेलहरु हुँदैछ। उद्घाटन खेलमा समूह 'बी'को भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ। यस्तै अर्को खेलमा समूह 'ए' बंगलादेश र श्रीलंका भिड्ने छन्।
प्रतियोगितामा नेपाल समूह 'बी'मा छ। नेपालको समूहमा भारत र भुटान छन्। समूह 'ए' मा बंगलादेश, श्रीलंका र माल्दिभ्स छन्।साफ यू-१७ को पहिलो खेलमा नेपालले भुटानको सामना गर्नेछ। नेपालले भुटानसँग बुधबार प्रतिस्पर्धा गर्नेछ।
यस्तै नेपालले दोस्रो खेलमा भारतसँग शुक्रबार खेल्नेछ। प्रतियोगितामा नेपालसहित आयोजक श्रीलंका, भारत, भुटान, बंगलादेश र माल्दिभ्स गरि ६ टोलीको सहभागिता छ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। यही भदौ २९ गते प्रतियोगिताको फाइनल खेल हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij