२०८२ कार्तिक ९ गते आइतवार
काठमाडौं । चर्चित मोडल तथा दक्षिण कोरियाली नायिका सोङ्ग यू जङ्गको २६ वर्षको उमेरमा शनिबार निधन भएको छ ।
हालसम्म उनको मृत्युको कारण पत्ता लाग्न नसकेपछि उनको म्यानेजमेन्ट एजेन्सीले उनको निधनको खबर पुष्टि गरेको छ । सोमबार २५ जनवरीमा परिवारका सदस्यको उपस्थितीमा सोङ्गको अन्तिम संस्कार गरिएको छ ।
एक आधिकारिक वक्तव्यमा भनिएको छ, ‘नायिका सोङ्ग यू जङ्गले २३ जनवरी २०२१ मा यो संसारलाई अलविदा भनेकी छिन् । उनको परिवारको इच्छा अनुसार अत्यधिक मौनताका बीच उनको अन्तिम संस्कार २५ जनवरीमा गरिएको छ ।’
सोङ्गले सन् २०१३ मा ‘गोल्डन रेन्बो’ बाट टिभीमा अभिनयको डेब्यू गरेकी थिइन् । यो सिरिजमा उनले किम चुन वानको नामकी एक टिनएजरको भूमिका निभाएकी थिइन् ।
त्यसपछि उनले सन् २०१४ मा ‘मेक योर विश’ र सन् २०१७ मा ‘स्कूल २०१७’ नामको टिभी सिरिजमा पनि काम गरेकी थिइन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij