२०८२ भाद्र १ गते आइतवार
काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे नेपाल पुलिस क्लब र स्याङ्जाको वालिङ नगरपालिका खेल्दैछन् ।
आज पुलिस क्लब दोस्रो जितको खोजीमा हुनेछ भने वालिङ नगरपालिका पहिलो जित निकाल्न चाहन्छ । पुलिस चार अङ्कसहित तेस्रो स्थानमा छ भने वालिङसँग एक अङ्क छ । पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।
यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे सशस्त्र प्रहरीको एपीएफ क्लबले त्रिभुवन आर्मीसँग खेल्नेछ । यस खेलमा एपीएफ लगातार तेस्रो जित निकाल्ने लक्ष्यमा छ । यसअघि उसले पहिलो खेलमा चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकालाई हराएको थियो ।
एपीएफ दुई खेलमा छ अङ्क जोडेर शीर्ष स्थानमा छ । आर्मी भने समान दुई खेलमा चार अङ्क जोडेर दोस्रो स्थानमा छ । उसले पहिलो खेलमा पुलिससँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा वालिङलाई हराएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij