Logo

२०८२ फाल्गुण २१ गते बिहिवार

२०८२ फाल्गुण २१ गते बिहिवार

दाजुको हत्याको बदला लिन बहिनीले थापिन जाल, प्रेममा फसाएर हत्याराको लिईन यसरी काल 

दाजुको हत्याको बदला लिन बहिनीले थापिन जाल, प्रेममा फसाएर हत्याराको लिईन यसरी काल 


  • 11.1K
    Shares

    दाजुको हत्याको बदला लिन बहिनीले थापिन जाल, प्रेममा फसाएर हत्याराको लिईन यसरी काल 

    आफ्ना दाजुको हत्यारालाई मारेर बदला लिनको लागि एक युवतीले निकै खतरनाक जाल बिच्छ्याएको खुलासा भएको छ । ती बहिनीले दाजुको हत्यारालाई पहिले प्रेममा फसाइन् त्यसपछि भेट्न बोलाइन् । जब युवक भेट्न आए उनले युवकलाई अपहरण गराइन् । अपहरणपछि जब युवकलाई जंगलमा लगेर मार्न खोजियो अन्तिममा योजना विफल भयो । इण्डिया टुडेका अनुसार मुम्बइमा भएको यो घटनामा ती युवती र अन्य ५ जनालाई पुलिसले पक्राउ गरेको छ ।

    जून २०२० मा मुम्बइको मलाड क्षेत्रमा पार्किङको विषयमा दुई गुटबीच भिडन्त भएको थियो भिडन्तमा मोहम्मद सादिक नामका युवकले २४ वर्षका अल्ताफ शेखको हत्या गरे । हत्यापछि सादिक दिल्ली भागे । यो घटनाले अल्ताफकी बहिनी यासमिनलाई ठूलो धक्का लाग्यो । त्यही समयमै उनले दाजुको हत्याको बदला लिने प्रण गरिन् । उनले आफ्ना दाजु अल्ताफका साथीहरु फारुक शेख ९२००, ओवैसी शेख ९१८०, मनिष सैयद ९२००, जाकिर खान ९३२० र सत्यम पाण्डे ९२३० लाई आफ्नो साथमा मिलाएर सादिकलाई मारेर बदला लिने योजनामा काम सुरु गरिन् ।

    अल्ताफको हत्या भएको एक महिनापछि यासमिनले अल्ताफका साथीहरुलाई मालवानी इलाकामा भेटिन् । त्यहाँ सादिकलाई हनीट्रयापमा फसाएर मार्ने योजना बन्यो । यसको लागि यासमिनले फर्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् र सादिकसँग कुरा गर्न सुरु गरिन् । यस क्रममा उनले सादिकसँग प्रेमको नाटक गरिन् र विस्तारै उनलाई आफ्नो प्रेमजालमा फसाइन् । प्रेमको नाटक गर्दै उनले सादिकलाई मुम्बइ भेट्न बोलाइन् । यासमिनको पटक–पटकको अनुरोधपछि १ हप्ता अघिमात्र सादिक यासमिनलाई भेट्न दिल्लीबाट मुम्बइ पुगे ।

    यही शनिबार यासमिनले सादिकलाई मुम्बइको छोटा कश्मिर क्षेत्रमा भेट्न बोलाइन् । तर, भेट्नको लागि त्यहाँ यासमिन आफू गइनन् । त्यहाँ अलताफका ५ जना साथीहरु सादिकलाई पर्खेर बसे । उनीहरु एउटा एम्बुलेन्समा पर्खेर बसेका थिए । जब सादिक त्यहाँ पुगे, पाँचैजनाले मिलेर सादिकलाई अपहरण गरेर एम्बुलेन्समा हाले । उनीहरुले सादिकलाई वसइ नायगांव क्षेत्रको जंगलमा लगेर मार्ने र उनको शव त्यतै व्यवस्थापन गर्ने योजनाअनुसार उनलाई लिएर गए ।

    तर, अपहरणको क्रममा एक स्थानीयले उनीहरुले सादिकलाई जबरजस्ती एम्बुलेन्समा हालेको देखेका थिए । ती स्थानीयले पुलिसलाई खबर गरिदिए । त्यसपछि पुलिसले उनीहरुको खोजी थाल्यो । उता एम्बुलेन्समा भागिरहेका बेला एम्बुलेन्सको पेट्रोल सकिएपछि अपहरणकारीहरुले इनोवा कार भाडामा लिए । सादिकलाई लिएर भाग्दै गरेका आरोपीहरुलाई पुलिसले पश्चिमी एक्सप्रेस हाइवेमा दहिसन चेक नाकामा पक्राउ गर्यो र सादिकलाई बचायो । पुलिसले यासमिन र अन्य ५ जना सबैलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पुलिसले अघिल्लो अपराधको लागि सादिकलाई पनि हिरासतमा राखेको छ ।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १६:१७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij