Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालले एकदविसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेको चार वर्ष, के-के उपलब्धि हासिल गर्‍यो ?

नेपालले एकदविसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेको चार वर्ष, के-के उपलब्धि हासिल गर्‍यो ?


  • 2.5K
    Shares

    नेपालले एकदविसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेको चार वर्ष, के-के उपलब्धि हासिल गर्‍यो ?

    १ अगस्ट नेपाली क्रिकेटका लागि महत्वपूर्ण दिन मानिन्छ । किनकी आजको मितिबाट नेपाली क्रिकेटको नयाँ अध्याय सुरु भएको थियो । आजभन्दा ठीक चार वर्षअघि अर्थात १ अगस्ट २०१८ मा नेपालले नेदरल्याण्ड्सविरुद्धको खेलमार्फत एकदिवसीय अन्तर्राष्‍ट्रियमा डेब्यु गरेको थियो । 

    नेदरल्यान्ड्सको एमेस्टेलभिलमा भएको त्यस खेलमा नेपाल खराब ब्याटिङका कारण ५५ रनले पराजित हुन पुग्यो । पराजित भए पनि त्यो खेल नेपालका लागि ऐतिहासिक थियो ।

    नेदरल्यान्ड्सविरुद्धको खेलसँगै नेपालले एकदिवसीय अन्तर्राष्‍ट्रियमा पाइला चालेको चार वर्ष पूरा भएको छ । यो अवधिमा कुल ३० एकदिवसीय अन्तराष्ट्रिय खेलेको नेपालले १३ जित, १६ हार र एक बराबरीको नतिजा निकाल्यो ।

    यसअवधिमा पारस खड्का, ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने नेपाली टोलीको कप्तानको भूमिकामा रहे । नेपालका लागि हालसम्म ३४ जना खेलाडीले एकदिवसीय अन्तर्राष्‍ट्रियमा डेब्यु गरिसकेका छन् ।

    नेपालका लागि एकदिवसीय अन्तर्राष्‍ट्रियमा सर्वाधिक रन बनाउनेको खेलाडीको शीर्ष स्थानमा रहेका रोहित पौडेलले २५ खेलमा १ शतक र पाँच अर्धशतकसहित ८०८ रन बनाएका छन् । 

    दोस्रो स्थानमा आसिफ शेख र तेस्रो स्थानमा आरिफ शेख छन् । आसिफले १६ खेलमा चार अर्धशतकसहित ५१४ र आरिफले २६ खेलमा चार ४९२ रन बनाएका छन् । यसअवधिमा नेपालका तीन खेलाडीले तीन शतक तथा १२ खेलाडीले २८ अर्धशतक बनाए  ।

    नेपालका लागि एक पारीमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित पौडेलको नाममा छ । उनले यही वर्ष पपुवा न्युगिनीविरुद्ध १२६ रन बनाएका थिए । दोस्रो स्थानमा रहेका पूर्वकप्तान पारस खड्काले ११५ रन बनाएका छन् । 

    चार वर्षको अवधिमा कप्तान सन्दीप लामिछानेले ३० खेलमा सर्वाधिक ६९ विकेट लिँदा दोस्रो स्थानका सोमपाल कामीले २६ खेलमा ४३ विकेट हात पारे । यसअवधिमा सर्वाधिक ओभर बलिङ गर्ने खेलाडीमा २६७ ओभरका साथ सन्दीप लामिछाने शीर्षमा छन्।

    चार वर्षमा अवधिमा सर्वाधिक क्याच लिनेको शीर्ष स्थानमा कुशल भुर्तेल छन् । उनले १९ खेलमा १९ नै क्याच लिँदा उनलाई पछ्याइरहेका आसिफ शेखले ९ क्याच लिए । यसअवधिमा नेपालका लागि सर्वाधिक सफल एकदिवसीय अन्तर्राष्ट्रिय कप्तानमा ज्ञानेन्द्र मल्ल रहे । उनको कप्तानीमा नेपालले १० खेल खेल्दा गर्दै ६ जित चार हारको नतिजा निकाल्यो । 

    निकाल्दा दोस्रो स्थानमा रहेका पारस खड्काको कप्तानीमा नेपालले ६ खेल्दा समान तीन जित हार नतिजा निकाल्यो । तेस्रो स्थानमा हालका कप्तान सन्दीप लामिछाने छन् । उनले १४ खेलमा कप्तानी नेपाले गर्दा चार जित, नौ हार र एक बराबरीको नतिजा निकाल्यो । 

    पपुवा न्युगिनीविरुद्धको २८६ रन नेपालले एक पारीमा बनाएको सर्वाधिक तथा युएईविरुद्ध बनाएको १०३ रन सर्वाधिक कम हो ।

    प्रकाशित मिति :श्रावण १६ २०७९ सोमवार - ११:२७:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij