Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

मेक्सिकोका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण

मेक्सिकोका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण


  • 6.2K
    Shares

    मेक्सिकोका राष्ट्रपतिलाई कोरोना भाइरसको संक्रमण
    images

    मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लापेज ओब्राडोर कोरोना भाइरसबाट संक्रमित भएका छन् । उनले आइतबार ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन् ।

    ६७ वर्षका आन्द्रेस सन् २०१३ मा हृदयघातबाट गुज्रिएका हुन् । त्यो बेलासम्म उनले धुम्रपान गर्ने गरेका थिए । कोरोना संक्रमणका केही लक्षणहरु मात्रै देखिएको र उपचार गराईरहेको उनले जानकारी गराएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

    सार्वजनिक स्थानमा मास्क लगाउन अस्वीकार गर्दै आएका उनले आफू आशावादी रहेको बताएका छन् । देशको उत्तरी तथा मध्य क्षेत्रको तीन दिने भ्रमण सकेर राजधानी मेक्सिको सिटी फर्किएका उनले काम भने जारी राख्ने जनाइएको छ ।

    मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण एक लाख ४९ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या १७ लाख ६३ हजार दुई सय भन्दा धेरै छ ।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १४:०८:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij