२०८२ भाद्र २ गते सोमवार
२० वर्ष मुनिको साफ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल माल्दिभ्सविरुद्ध खेल्दैछ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडयिममा हुने उद्घाटन खेल नेपाली समयअनुसार सोमबार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
उपाधिको लक्ष्यसहित भारत पुगेको नेपाली टोली माल्दिभ्सलाई हराएर प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ। नेपाली टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले तयारी राम्रो गरेको र उत्कृष्ट टिम निर्माण भएकाले आफूहरु जितको दाबेदार भएको बताए।
च्याम्पियनसिप अन्तर्गत सोमबार नै हुने अर्को खेलमा श्रीलंका र बंगलादेश भिड्नेछन्। च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलंका र बंगलादेशको सहभागी छन्।
माल्दिभ्सपछि नेपालले श्रीलंकासँग बुधबार खेल्नेछ। त्यस्तै भारतसँग आगामी आइतबार र अन्तिम खेलमा बंगलादेशसँग आगामी मंगलबार प्रतिस्पर्धा गर्नेछ। शीर्ष दुई टोलीले उपाधिका लागि अगष्ट ५ मा प्रतिस्पर्धा गर्नेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij