२०८२ माघ ७ गते बुधवार
नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार स्वदेश फर्किँदैछ। स्कटल्याण्डमा आयोजना भएको आईसीसी पुरुष विश्वकप लिग टूअन्तर्गतका खेल खेलिसकेर स्वदेश फर्किन लागेको हो।
स्कटल्याण्ड भ्रमणमा नेपालले आयोजक स्कटल्याण्डसहित नामिबियासँग प्रतिस्पर्धा गरेको थियो। चार खेलमा नेपालले एउटा मात्रै जित हात पार्न सक्यो। पहिलो खेल नामिबियासँग हारेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई पराजित गर्यो।
तेस्रो खेलमा नमिबिया र अन्तिम खेलमा स्कटल्याण्डसँग हार्यो। सात टोली सहभागी विश्वकप लिग–२ समूह चरणमा नेपाल २० खेलमा १७ अंकसहित समूहको छैटौँ स्थानमा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij