२०८२ भाद्र २२ गते आइतवार
पाकिस्तानमा रेलको ठक्करबाट एक युवाको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
सामाजिक सञ्जाल प्रायः युवा युवतीहरुबीच प्रख्यात ‘टिकटक’ बनाउनको लागि रेलमार्गमा हिँडिरहेका ती युवाको रेलको ठक्करबाट मृत्यु भएको बताइएको छ । पाकिस्तानको राजधानी शहर इस्लामाबाद नजिकै शाह खालिदको छिमेकमा पर्ने रावलपिंडी शहरमा शुक्रवार सो दुर्घटना भएको जनाइएको छ ।
टिकटकको अभिनय गर्न व्यस्त १८ वर्षीय हमजा नाभेद र उनको साथीले टिकटक भिडियो बनाउँदै गरेको अवस्थामा रेलको ठक्करबाट मृत्यु भएको स्थानीय उद्धार एजेन्सीका प्रवक्ता राजा रफाकात जमानले एएफपी समाचार समितिलाई जानकारी दिएका छन् । उद्धारकर्ताहरुले नाभेदलाई उद्धार गरेको अवस्थामा उनको मृत्यु भइसकेको पनि समाचारमा जनाइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij