Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो सुदूरपश्चिम

प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो सुदूरपश्चिम


  • 7.6K
    Shares

    प्रधानमन्त्री कप क्रिकेटबाट बाहिरियो सुदूरपश्चिम

    काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट सुदूरपश्चिम बाहिरिएको छ ।

    मूलपानी मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित भएको सुदूरपश्चिम बाहिरिएको हो । सुदूरपश्चिमले लगातारका तीन खेलमा पराजय भोग्दै जारी प्रतियोगिताबाट बाहिरिएको छ । सहज जित निकालेको लुम्बिनीले सुदूरपश्चिमले प्रस्तुत गरेको ६३ रनको लक्ष्य १४.४ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।

    लुम्बिनीको जितमा सौरभ खनालले अविजित १८ रन जोड्दा प्रकाश केसीले पनि नटआउट १७ रन जोडे । कप्तान कृष्ण कार्कीले १५ रनको योगदान गर्दा ओपनर देव खनाल ९ रनमा पवेलियन फर्किएका थिए । सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिए । विनोद लामाको नाममा एक विकेट रह्यो ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा सबै विकेटले गुमाएर मात्र ६२ रन जोड्न सक्यो । यस्तै, नारायण जोशीले सर्वाधिक १७ रन जोड्दा कप्तान सन्तोष भट्टले ११ रनको योगदान गरे । तीन खेलाडी शून्यमा पवेलियन फर्किँदा केही ब्याट्स १० भित्र समेटिएको थियो ।

    सुदूरपश्चिमलाई सस्तैमा समेट्न लुम्बिनीका कृष्ण कार्कीले ४ विकेट लिए । अनिल खरेल र विक्रम भुसालले २र२ विकेट लिए । जितसँगै समूह ‘बी’ को लुम्बिनीले ३ खेलमा ४ अंक जोडेको छ । लुम्बिनी दोस्रो स्थानमा उक्लिएको छ ।

    लुम्बिनीले पहिलो खेलमा प्रदेश–२ लाई ७७ रनले हराएको थियो भने दोस्रो खेलमा पुलिसलाई ७४ रनको नतिजा सुम्पिएका थियो । लगातार तीन खेलमा पराजय भोगेको सुदूरपश्चिम यसअघि वाग्मती प्रदेश र पुलिससँग पराजित भएको थियो ।

     

    प्रकाशित मिति :माघ १० २०७७ शनिवार - १५:५४:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij