२०८२ भाद्र २२ गते आइतवार
भारतका चर्चित भजन गायक नरेन्द्र चञ्चलको निधन भएको छ । धार्मिक गीत र भजनहरुका लागि प्रसिद्ध भारतीय गायक चञ्चलको शुक्रबार ८० वर्षको उमेरमा निधन भएको हो ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनको दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएको हो । पछिल्लो तीन महिनादेखि उनी बिरामी थिए । चञ्चलले कयौँ भजन तथा हिन्दी फिल्मका गीत गाएका छन् ।
चञ्चलले सन १९७३ मा बबी फिल्मका लागि ‘बेसक मन्दिर मस्जिद’नामक एक बलिउड गीत गाए जसका लागि उनले फिल्मफेयर सर्वश्रेष्ठ पुरुष प्लेब्याक सिंगर अर्वाड समेत जितेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij